श्री शालिवाहनीय शाके १९४१, ने. सं.११३९, वि.सं. २०७६ साल कार्तिक २८ गते बिहीबार, १४ नोभेम्बर २०१९ । मङ्सीर कृष्णपक्षको द्वितीया तिथि १९ः५३ बजेसम्म उप्रान्त तृतीया, नक्षत्र रोहिणी २३ः३९ बजेसम्म, उप्रान्त मृगशिरा चन्द्रमाराशि वृष, सूर्योदय ५ः१० र सूर्यास्त ५ः१४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । आम्दानी तुलनामा खर्च बढी होला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्का, पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध कामकाज सुचारु हुनेछन् । शुभ समाचारले मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । घरपरिवारबाट छुट्टिएर बस्नु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा वाहन खरिद होला । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन होला ।