बेतनी सिमसार ‘छाप्रो होटल’ मा मध्यराति आगलागी

alt
  • कार्तिक २८, २०७६
  • ४६५ पटक पढिएको
  • ब्लाष्ट खबर

विराटनगर । मोरङको उर्लाबारी २ स्थित बेतनी सिमसार भित्र रहेको बाँसको टहरा निमार्ण गरि बनाएको ९ वटा ‘छाप्रो होटल’ मा बुधबार मध्यराती अज्ञात समूहले आगो लगाइ दिएका छन् ।

२७ वटा बास र फुसको छानो लगाएर बनाएको छाप्रो होटल मध्ये ९ वटा टहरा भएको होटल जलेर पूर्ण रुपमा नष्ट भएको बेतनी सामुदायिक वनका अध्यक्ष भिम राईले जानकारी दिए ।

‘बधुबार राती मध्ये राती ११ बजे सिमसार भित्र रहेको टहरामा आगोलागी भएको स्थानियले देखेका थिए,’ अध्यक्ष राईले भने, ‘बेलैमा आगोलागेको देखपछि अन्य टहरा जोगियो ।’ स्थानियबासीको सहयोगले अन्य टहरा आगोलागी हुन बाट जोगिएको छ । ९ वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएको उनले बताए । बेतनी सिमसार भित्र उर्लाबारी २ का जिना तामाङ्ग, कुमार धिमाल, लक्ष्मी धिमाल, चक्र माझी, कम्पनी धिमाल, उमेश मगरलगायतले छाप्रो बनाएको होटल पूर्ण रुपमा जलेर नष्ट भएको हो । उनीहरूले दिनभरी पसल लगेर सिमार भित्र बनाएको टहरामा राख्दै आएका थिए ।

साझ भएपछि आ–आफ्ना होटलको सामानहरू घर लिएर जाने गरेका थिए । मध्यराती आगोलागी गर्ने समूह अहिलेसम्म खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गर्दै आएको इलका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

बंगुरको पोलेको सेकुवा पारखीहरूको लागि यो ठाउँ निकै चर्चित छ । घुमफिर गर्नका लागि मनमोहक बगैँचा र संरक्षित सिमसार ताल भएको यहाँ दैनिक सयौँ आन्तरिक पर्यटन घुमफिर गर्न आउने गरेका छन् । हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म यहाँ रहेको होटल चल्ने गरेको थियो ।

बंगुरको सेकुवा मासु सँगै तोङबा तान्ने र बियर रक्सी पिउनका लागि यो बजार लोकप्रिय बनेको थियो । पूर्वपश्चिम राजमार्गमा पर्ने मंगलबारे बजारबाट करिब दुई किलोमिटर उत्तरमा पर्ने बेतिनी सिमसार घुमफिर गर्न आउनेहरुका लागि दश वर्षदेखि बेतनी सामुदायिक वनभित्र हरेक दिन साँझ ५ बजेसम्म मात्र अस्थायी होटलहरु संचालन गर्न दिँदै आएको थिए ।

धनुषा बम विस्फोटः यस ...

धरान  / धनुषामा गएराती भएको शक्तिशाली बम बिस् ...

पूर्वमा चासोकको रौनक ...

पाँचथर / नेपालको पूर्वी क्षेत्र जहाँ जातीय बाहुल्यता छ, ...

‘प्रदेश १ को नाम पहि ...

पथरी / प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो ल ...

‘प्राविधिक धारको शिक ...

भद्रपुर / अर्थ मन्त्री डा.युवराज खतिवडाले अबको शिक्षा व ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved