ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा मोतियाबिन्दुका बिरामी बढ्दै गएका छन् ।

नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको तथ्याङ्क अनुसार वर्षेनी मोतियाबिन्दु भई शल्यक्रिया गराउनेको संख्या बढ्दै गएको छ । गत कार्तिक २४ गतेबाट नेपाल नेत्र ज्योति संघ/ डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्र, सेवा फउण्डेसन र फुङ्लिङ नगरपालिकाको आयोजनामा सञ्चालित ३ दिने आखाँ शिविरमा मात्र ५९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

शिविर मार्फत ४ सय ३७ जना बिरामीको आँखा परीक्षण तथा उपचार गरिएको थियो । जसमध्ये ५९ जनाको मोतियाबिन्दुको शल्यक्रिया र १५ जनाको सामान्य शल्यक्रिया गरिएको छ ।