श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल कार्तिक २९ गते शुक्रबार, १५ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको तृतीया तिथि १९ः३१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मृगशिरा २३ः५०, उप्रान्त आद्र्रा । चन्द्रमाराशि वृष, सूर्योदय ६ः२५ र सूर्यास्त ५ः१० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्नलागेको काममा केही समस्या आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर शुभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्ला । घरमा अतिथि आगमन होला । सेवमूलक कार्यक्रममा संलग्न भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । काम देखाएर अरूको मन जित्न सकिनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो दूरीको लाभदायी यात्रा हुनेछ । नजिकका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमणीय यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । वैदेशिक यात्राको अवसर मिल्ला  ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचारले मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।