धरान / धरान उपमहनगरपालिकाको करको चर्को विरोध भइरहेको बेला नेपाल कम्यनिष्ट पाटी(नेकपा) का उम्मेद्धवार प्रकाश राईले मेयरमा जितिसके पछि जनतालाई सहज हुने गरि करको समायोजन गर्ने पहिलो प्राथमिकता भएको बताएका छन् ।
शुक्रबार धरान १६ स्थित जनपथ लाइनमा चुनावी घरदैलो अभियानमा बोल्दैं राईले कर समायोजन महिलो एजेण्डा बनाउने प्रतिवद्धता जनाएका छन् ।
उनले भने–‘कर बढ्यो भनेर निराश नहुनुहोस् । कुनै पनि समस्याको समाधानका उपाय हुन्छन् । कर बढेर कुनै व्यापारी उद्योगपतिलाई समस्या परेको छ भने त्यस विषयमा समायोजन गर्न सकिन्छ ।’