धरान । धरानको मुख्य वजार कोशी राजमार्ग अन्तर्गत पर्छ । ठूला राजमार्गहरु सडक डिभिजन कार्यालयले हेर्ने गर्छ । सडक डिभिजन कार्यालय अन्तर्गतका कुनै पनि सडक र संरचना स्थानीय सरकारले मर्मत तथा निर्माण गर्ने अधित्रकार हुदैंन् । धरान उपमहानगरको अधिकार क्षेत्र बाहिर रहेको कोसी राजमार्गको धरान बजार क्षेत्रमा भएको असजिलो सडकले धरानलाई कु?प बनाएको छ ।
स्थानीय तहको बजेट खर्च गर्दा बेरुजी देखिन्छ । त्यही भएर उपमहानगरले सडक विभागलाई नै बनाउन सडक विभागलाई नै पर्खनु पर्ने बाध्यतामा रहेको छ । उपमनिर्वाचनको बेला धुलोले सधै हैरानी भएका स्थानीयह?ले सडक जसले मर्मत गर्न पहल गर्छ उसलाई भोट दिने बताउदैं आएका छन् ।
भोटेपुलस्थित नवदुर्गा अटो प्यालेसका संचालक दुर्गा भुजेलले भने–हामी सधै धुलो खाइरहेका थियौं । सडक बनाउन पहल गर्ने पार्टीलाई भोट दिन सबैको छलफल पनि भएको थियो । अहिले सडक बन्ने खवर आएको छ । खुशी छौं ।’
धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले सडकको समस्याले स्थानीय तह आलोचित भएको विषयमा मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, संघीय सरकारको सडक विभागमा दवाव दिए पछि सडक मर्मतका लागि बजेट आएको हो ।
भोटेपुलमा परेका खाल्डाखुल्डीहरु मर्मत गर्न प्रदेश सरकारले २ करोड ९० लाख रुपैया बजेट विनियोजन गरिएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिएका छन् । त्यसका लागि ठेक्कासमेत लागेको छ । जनताले सास्ती खेप्न परेकाले ततकाललाई मर्मतका लागि बजेट प्रदेश सरकारले व्यवस्था गरेको हो ।