बिराटनगर /  एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत मोरङ र सुनसरीका गरी २९ पोइन्ट अफ सेल्स् (पिओएस)÷खुद्रा बिक्रेतालाई पुरस्कार वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरि खुद्रा बिक्रेताहरुलाई सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन वितरण गरिएको हो ।

योजनाको प्लाटिनम समुह अन्तर्गत मोरङको रंगेली सु सेन्टरले २४ क्यारेटको दुई तोला सुन जित्न सफल भएको छ । यसैगरी मोरङका तीन खुद्रा बिक्रेताहरु रोहन मोबाइल एन्ड कलेक्सन, हरि हार्डवेयर एन्ड इलेक्ट्रोनिक स्टोर, माइलो डिजीटल फोटो स्टुडियो, सुनसरीका एच.के. किराना पसल, न्यु लिङ्क ट्राभल्स् र रिकेश किराना पसलसहित सात खुद्रा बिक्रेताहरुले २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाए ।
यस योजनाको सिल्भर समुह अन्तर्गत मोरङका जैसवाल ट्रेडर्स र सुनसरीका कार्की किराना पसल, नोबल कम्युनिकेसन, आवर कम्युनिकेसन र रतनेश किराना पसल गरी पाँच पिओएस÷खुद्रा बिक्रेताले ल्यापटप पाएका छन् । मोरङका वीरेन्द्र किराना पसल, श्री गणेश किराना पसल, गुरुङ किराना र सुनसरीका रोशनी किराना पसल, चौधरी किराना पसल, नेगी ट्रेडर्स लगायत गरी ११ खुद्रा बिक्रेताहरुले सुपर सेलर बनेर माउन्टेन बाइक साइकल जितेका छन् । सिल्भर समुह अन्तर्गत नै सुनसरीका राजु किराना पसल र माधब किराना पसलले वासिङ्ग मसिन पुरस्कार स्वरुप पाएका छन् ।

यस योजना अन्तर्गत शुक्रबार खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रतिनिधीहरुले बिराटनगरमा आयोजित एक कार्यक्रम माझ पुरस्कार हस्तान्तरण गरेको कम्पनिले जनाएको छ ।
यस योजना अन्तर्गत हाल सम्म काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, इलाम, झापा, मोरङ र सुनसरीका गरी ७९ खुद्रा बिक्रेताहरु पुरस्कृत भईसकेका छन् । एनसेलले बिहीवार मोरङ र सुनसरीका ३१ सुपर सेलरहरुलाई पुरस्कार वितरण गरेको थियो । एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो । यो योजना पुष २०७६ सम्म संचालनमा रहने बताइएको छ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।