श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सीर ०१ गते आइतबार, १७ नोभेम्बर २०१९ । मङ्सीर कृष्णपक्षको पञ्चमी तिथि १७ः२५ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पुनर्वशु २२ः५१, उप्रान्त तिष्य । चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः२७ र सूर्यास्त ५ः९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म कर्म तथा समाज सेवामा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा मन जानछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हनुेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । अरूको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन पाठन लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रफुल्ल बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । आफन्त तथा साथीभाइको विशेष सहयोग मिल्ला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला । रमाइलो वातारणमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न रहला ।