धरान / धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेद्वार प्रकाश राईले आफ्नै वडामा आज घरदैलो अभियानमा सहभागी भएका छन् । मंसिर १ र २ गते १७ नम्बर वडामा सञ्चालन भएको हो । विहान ७ बजेदेखि सयौं नेता तथा कार्यकर्ताका साथ घरदैलो अभियान भइरहेको छ ।
१७ नम्बर वडा पार्टी कार्यालय रेल्वेचौकबाट शुरुभएको उक्त अभियानमा संघीय सांसद तथा नेकपाका जिल्ला सदस्य जयकुमार राईले नेतृत्व गरेका थिए । उनीसँगै वडा नं। १७ का वडा अध्यक्ष तथा सह इन्चार्ज मनोज भट्टराई, संयोजक सुवास वर्देवालगायतले अभियानको नेतृत्व गरेका थिए । अभियानमा जिल्ला सदस्य फोक्वाहाङ सुब्बा ९चोत्लुङ०, अशोक राईसहित नगर तथा वडा स्तरका नेताहरु समेत घरदैलो अभियानमा सहभागी भएका छन् ।