नोवेल मेडिकल कलेजसहित तीन कलेजमा छापा

alt
  • मंसिर १, २०७६
  • ४९१ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौं / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहुँचवाला व्यक्तिहरुले सञ्चालन गरेको तीन मेडिकल कलेजमा छापा मारको छ ।

आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविनका लागि छापा मारिएको हो ।

नोबल मेडिकल कलेज विराटनगर कांग्रेस नेता शुनिल शर्माको कलेज हो । उनी यसअघि कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवार थिए ।

नेशनल मेडिकल केलज सत्तारुढ नेकपाका नेता बसरुद्धिन अन्सारीले चलाउदैं आएका छन् । उनी स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट वीरगञ्जमा मेयरको उम्मेदवार दिएका थिए । चितवन मेडिकल कलेज कांग्रेस निटक प्रा डा हरिशचन्द्र न्यौपानेले चलाउदैं आएका छन् । । विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरुसँग पनि आवश्यक कागजपत्र लिने बताइएको छ ।

सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरे पछि बढि रकम फिर्ता गर्न सरकारले भनेको थियो तर उनीहरुले नमाने पछि सरकार एक्सनमा उत्रिएको शो ।

धनुषा बम विस्फोटः यस ...

धरान  / धनुषामा गएराती भएको शक्तिशाली बम बिस् ...

पूर्वमा चासोकको रौनक ...

पाँचथर / नेपालको पूर्वी क्षेत्र जहाँ जातीय बाहुल्यता छ, ...

‘प्रदेश १ को नाम पहि ...

पथरी / प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो ल ...

‘प्राविधिक धारको शिक ...

भद्रपुर / अर्थ मन्त्री डा.युवराज खतिवडाले अबको शिक्षा व ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved