श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर ०२ गते सोमबार, १८ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको षष्ठी तिथि १५ः४७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र तिष्य २१ः४९, उप्रान्त तिष्य । चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः२८ र सूर्यास्त ५ः८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । बनन लागेको काममा विध्न होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । सानो कामबाट ठुलै उपलब्धि होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । विचार पुर्याएर निर्णय लिनुहोला । बन्न लागेको काममा विध्न बाधा आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगी हातहरू अगाडि बढ्नेछन् । नया“ कार्य व्यवसायको अवसर मिल्ला । साथीभाइको विशेष सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यमखालको छ । दबाव र तनाव बढेको महसुस हुनेछ । आफ्नो भन्दा अरूको काममा बढी समय दिनुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ । मन प्रसन्न रहला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढु्वा तथा स्थानान्तरण हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।