श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर ०३ गते मङ्गलबार, १९ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको सप्तमी तिथि १३ः५२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्लेषा २०ः३०, उप्रान्त मघा । चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः२९ र सूर्यास्त ५ः८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभसमाचर सुन्न पाइएला । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहला । अवरोध रहेका कामकाज सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारको साथ र समर्थनले नयाँ कामको शुभारम्भ होला । आकस्मिक धन लाभ हुनेछ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । मनमा लागेको इच्छा आकाङ्क्षा पुरा हुनेछन् । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।नया“ वस्त्र प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म कर्म तथा समाजसेवामा सक्रिय भइएला । कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिइला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चोटपटक तथा दुर्घटनाको भय होला । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु हाेला । आर्थिक सङ्कट आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।शुभ समाचर सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा सक्रिय भइएला ।मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दामामिलामा तपाईको विजय हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । रमाइलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।