भारतीय झाँक्री हत्यामा संलग्न पाँच पक्राउ

alt
  • मंसिर ३, २०७६
  • ११६ पटक पढिएको
  • गणेशकुमार ठाकुर

सिरहा / भारत बिहारको मधुवनी ललमनिया थानामा पर्ने बेल्हा ग्रामपञ्चायत कारमेघ पश्चिकम ६ बस्ने ४० वर्षीय झाँक्री राजकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले पाँच नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले गत कात्तिक २१ गते साँझ झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको साविक बडहरामाल ७ घर भई धनगढीमाई नगरपालिका १० धनगढी बस्दै आएका ३८ वर्षीय फुलगेन साह, धनगढीमाई ११ का १९ वर्षीय रामकुमार साह, मिर्चैया नगरपालिका ४ का २० वर्षीय जितेन साह, धनुषाको कमला नगरपालिका ६ सखुवामडानका २५ वर्षीय अजय कुमार महतो र २१ वर्षीय राजलाल महतोलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

फुलगेन साहसँग झाँक्रीले करिब चार वर्षअघि छोरीको विवाहका लागि सापटी स्वरुप लिएको ८६ हजार रुपैयाँ माग्दा विवाद हुँदा रामकुमारलाई फोन गरी सिध्याईदिन्छु भन्दै दिएको धम्कीपछि योजना बनाएर हत्या भएको प्राम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । हत्यामा संलग्न रही पक्राउ परेकाहरुले झाँक्रीले रकम लिएर झारफुक गर्दा निको नभएको विषयमा गुनासो गर्दा उल्टै धम्क्याए पछि फुलगेनको योजनामा हत्या गरेको स्वीकारेको एसपी चतुर्वेदीले उल्लेख गरे ।

झाँक्रीको हत्याको योजना बनाए पछि अभियुक्त रामकुमारले लहानमा रहेका उनलाई झुक्याएर सिरहा सदरमुकाम हुँदै सिरहा नगरपालिका १२ सारस्वर, गम्हरियास्थित कमला नदीको पूर्वी तटबन्धको बाँधमा पुर्याएपछि जितेनले घाँटी रेट्दै शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिलराज बोहराले बताए । अभियुक्तहरुले झाँक्रीको हत्यामा प्रयोग गरिएको खुकुरीसहित मृतकका मोवाइल, कपडा लगायतका सामग्री सारश्वर बेलहा जाने बाटोमा पर्ने कल्भर्ट, धनगढी आँपचोक दक्षिण पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिलराज बोहराले जनाएको छ ।

सिरियाली सङ्कटमा साम ...

ऐतिहासिक पृष्ठभूमि सन् १९१८ तिर अटोमन साम्राज्यको पतन भ ...

को को हुनुहुन्छ सावि ...

आफ्ना साथीसङ्गीसँग हातमा स्मार्टफोन बोकेर सेल्फी खिच्ने ...

राष्ट्रिय दलित पत्रक ...

धरान/ राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला ...

मुख्यमन्त्री र सभामु ...

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved