मथुरा प्रधान श्रेष्ठको छाया युवापुस्ताको मानसपटलमा सायदै होला । तर, जब ‘यो जीवनको परिधिभित्र, बाँधिएर कति बाँचिदिनु’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जिन्छ, ६० का दशकसम्मका युवापुस्तालाई मथुरा श्रेष्ठ चिनाइरहनु पर्दैन । २०३९ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो ।

हो, यही गीतकी स्रष्टा जो हाल वेलायतमा बसिरहेकी छन् । गायिका मथुरालाई कालजयी बनाउने गीतहरूमध्येको यो एउटा गीतले पनि त्यो बेला मथुरालाई चिनाइरह्यो । कलिलै उमेरमा सङ्गीतको नसाले उनलाई चाप्यो । पाँचथरको यासोकमा जन्मिएकी मथुरालाई सङ्गीतमा डोर्याउनमा भने काका विष्णुकुमार प्रधान जो त्यो बेलाका प्रख्यात व्यक्ति थिए । उनैले सङ्गीतप्रतिको मोह जगाइदिए । गाउँ–गाउँमा हुने भजनहरूमा विष्णु हार्मोनियम लिएर पुग्थे । पहिलो पटक सङ्गीतको वाद्यवादनमा हार्मोनियमको अनुभव गरेकी उनलाई त्यसलाई कालान्तरसम्म प्रभाव पारिरह्यो ।