धरान । आसरा सुधार केन्द्र धरानमा व्यवस्थित भान्सा घर तथा परामर्श कक्ष बुधबार उद्घाटन गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले भान्सा घरको उद्घाटन गरेकी हुन् । भान्साघरसहित ५ वटा कोठा रहेको परामर्श कक्ष रहेको छ । आसारामा हाल ६२ जना उपचाररत छन् । प्रदेश २ मा सर्लाहीदेखि प्रदेश १ का विभिन्न जिल्लाका मानिसहरु उपचाररत रहेका छन् ।

भवन उद्घाटनको क्रममा प्रदेश १ का प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवाली, सुनसरीका एसपी यज्ञविनोद पोखरेल, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल, संघीय प्रहरी कार्यालय धरानका प्रमुख सौरभ राणा, आसारा सुधार केन्द्र भवन निर्माण समितिका संयोजक तथा पूर्वमेयर मनोजकुमार मेन्याङ्बो लगायतको उपस्थिति रहेको थियो ।