आगामी मङ्सिर १४ गते हुने धरान उपमहानगरपालिकाको रिक्त मेयर पदका लागि हुने उपनिर्वाचनले धरानलाई निकै तताइरहेको छ । मत माग्नका लागि उमेदवारहरू धरदैलोमा व्यस्त छन् । मतदाताहरू पनि आफ्नो अगाडि मत माग्न आएका नेताको जाँच परख गर्न सक्रिय छन् । नगरका सबै चोक चोकमा, चौतारीमा, घरपसलमा निर्वाचनको चर्चा चुलिँदै गएको छ । यस पटक धरानमा कसले कसरी बाजी मार्ला भन्ने विषयले सबै ठाउँमा अनेकथरी चर्चा पाएको छ ।

नेकपा आफ्नो पुरानो विजयको इतिहास दोहो¥याउनेमा पक्का रहेको कुरामा ढुक्क देखिन्छ भने नेपालीका काङ्ग्रेस यसपटक आफूले जित्न सकिने जोडघटाउमा लागेको बुझिन्छ । जनता सबैका साझा हुन् । जनताले जे चाहन्छन् त्यही नै हुने अन्तिम विकल्प हो । लोकतन्त्रको यो चुनावी उत्सवमा मतादाता पनि निकै उत्साहित देखिएका छन् । यस पटकको उपचुनावमा पनि नेकपाकै पल्ला भारी हुने विगतका तथ्य र वर्तमान अवस्थाको विश्लेषणले आंैल्याएका छन् । विश्लेषक र बुद्धिजीवीहरूले पनि यही बताइरहेका छन् । धरानमा नेकपाको पल्ला भारी हुनुका केही कारणहरूलाई यहाँ बूँदागत रूपमा राखिएको छ ।

१. नेकपाको सङ्गठन मजबुत र चुस्त छ । प्रत्येक टोलटोलमा कार्यकर्ता परिचालित छन् । यो नेकपाको पुरानै बानी र संस्कार हो ।
२. पूर्व माओवादी र पूर्व एमालेका कार्यकर्ताहरू एकताबद्ध भई सक्रियताका साथ चुनावमा लागेका छन् । अहिले एकताको आकर्षण र उत्साह पनि देखिन्छ ।
३. उम्मेदवार छनौटमा विवाद नदेखिएकाले मतदानमा अन्तरघात हुने सम्भावना ज्यादै न्यून देखिन्छ ।
४. यसभन्दा पहिलेको चुनावमा तत्कालीन एमालेको २० हजार, माओवादी केन्द्रको ११ हजार र नेपाली काङ्ग्रेसको १६ हजारको हाराहारीमा मत रहेको र दुवै पार्टी एक भएपछि नेकपाको मत पहिलेको भन्दा ठिक दोब्बर भएकाले पनि नेकपाकै पल्ला भारी देखिन्छ ।
५. तत्कालीन लोकप्रिय मेयर तारा सुब्बका पालामा सुकुम्बासीलाई घर नम्बर प्रदान गर्न शुरु गरेको र सत्ता पक्षको केन्द्रीय नीतिमा समेत सुकुम्बासीलाई सही तरिकाले व्यवस्थापन गर्ने कुरा उल्लेख भएकाले धरानको निर्णायक भनिएको सुकुम्बासी समुदायको अत्यधिक भोट नेकपालाई नै जाने देखिन्छ ।
६. धरानका व्यापारी व्यवसायीमा देखिएको कर वृद्धि सम्बन्धी असन्तुष्टिलाई उद्योग वाणिज्य सङ्घ, स्वतन्त्र कर विज्ञहरूको परामर्शमा कसैलाई नकारात्मक असर नपर्ने गरी सल्लाह र परामर्शमा करको पुनरावलोकन गर्ने भनी नेकपाको घोषाणा पत्रमा उल्लेख भई समझदारी कायम भइसकेको सन्दर्भले पनि नेकपालाई बल पुगेको छ ।
७. नेकपाले जनमुखी कामै गर्न सकेन भनी प्रचार प्रसार भए पनि यथार्थमा प्रजातन्त्र प्राप्तिपछि लगभग २५ वर्ष नेपाली काङ्ग्रेसले नै देशमा शासन गरेको तथा धरानमा भएका सरकारी कार्यालय त्यही बेला अन्यत्र सारिएकाले पनि नेकाको स्थिति खस्केको बुझिन्छ । मनमोहन सरकारपछि अहिले मात्र नेकपाले काम गर्ने मौका पाएको र सङ्क्रमणकाल हट्तै गर्दा जटिलता पार गर्दै राम्रा काम गरिरहेको र गर्ने सम्भावना प्रसस्त रहेकाले यहाँ नेकपा शक्तिशाली र प्रबल देखिन्छ ।
८. धेरै विश्लेषक र बुद्धिजीवीले धरान उमनपाको कार्यकारी बोर्ड तथा समितिहरूमा अत्यधिक बहुमत नेकपाकै रहेकाले काङ्ग्रेसले विजय प्राप्त गरे पनि काम गर्ने वातावरण उसका लागि सहज नहुुने भएकाले पनि वातावरणलाई सहज बनाई धरानलाई विकासको गति दिन नेकपाकै जितले सहयोग गर्ने भएकाले पनि उसकैपल्ला भारी देखिन्छ ।
९. २०५४ सालमा तत्कालीन एमालेबाट कुन्ता शर्मा र बहुप्रतिष्ठित भनिएका ध्यानबहादुर राई समाजवादी पार्टीबाट चुनावी मैदानमा हाम फाल्दा काङ्ग्रेसका लागि सुवर्ण अवसर थियो तर त्यतिबेला पनि नेकाले जित हात पार्न नसक्नुले पनि नेकपाको पल्ला भारी हुने तर्क सही रहेको पुष्टि गर्छ ।
१०. नेकपाका मेयरका उम्मेदवार सरल, भलाद्मी, मिलनसार, सामाजिक कार्यमा समर्पित, कसैलाई नबिगार्ने स्वच्छ छवि भएका, अरूको कुरा पनि धैर्यका साथ सुन्ने क्षमता भएका व्यक्तित्व रहेको बुझाइ आम समुदायको देखिन्छ । यसले पनि नेकपालाई पु¥याउँछ ।
११. वर्तमान सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सङ्घ, प्रदेश र स्थानीय तहमा पनि कमजोर देखिएकाले तथा आफ्नै गुट र उपगुटको कलहले पूर्णरूपमा थलिएको हुनाले पनि धरानकोे उपनिर्वाचनमा नेकपाकै पल्ला भारी हुने देखिन्छ ।
१२. धरानमा विगतमा स्व.तारा सुब्बासित पराजित उमेदवारलाई नै पुनः टिकट दिएको हुनाले पनि नेकपाका कार्यकर्ताको आत्मबल बढेको देखिन्छ । यसलेपनि नेकपाकै पल्ला भारी हुने सङ्केत गर्दछ ।

त्यसैले धरानको चुनावी प्रतिस्पर्धामा नेकपा आफ्नो वर्चस्व राख्न सक्रिय रहेको र सबल रहेको बुझाइ पाइन्छ । यस आधारमा विगतकै इतिहासको निरन्तरता कायम हुने कुरामा चर्चा परिचर्चा चुलिएकाले आसन्न उपनिर्वाचनमा नेकपाकै पल्ला भारी देखिन्छ ।