विराटनगर / अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका दुई जना ‘बाल बिज्या कर्ता’ (बन्दी) विराटनगर–३ स्थित बाल सुधार गृहको झ्याल तोडेर फारर भएका छन् । बाल सुधार गृहको तीन तला माथि रहेको झ्याल तोडेर बन्दी सोमबार बिहान फरार भएका हुन् ।

ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्दामा अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका बाल सुधार गृहमा रहेका २ जना ‘बाल बिज्या कर्ता’ झ्यालको गृल निकालेर फरार भएको पूर्वाञ्चल बाल सुधार गृह मोरङका प्रमुख मिलन चौहानले जानकारी दिए ।

ज्यान मार्ने उद्योग मुद्दामा झापा गौरदह नगरपालिका –११ का १६ वर्षीय बालकलाई झापा अदालतको २०७६ साउन १६ गतेको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका थिए । त्यस्तै जवरजस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचना नगरपालिका– ७ गोठगाउँका १७ वर्षीय बालकलाई मोरङ अदालतले २०७६ असार ५ गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि बाल सुधार गृहमा थिए । कुनै पनि अपराधमा संलग्न भएका प्रतिवादी १८ वर्ष भन्दा मुनिकाका भए उनीहरूको हकमा थुनामा राखेर कारवाहीको प्रक्रिया अगाडी बढाउनु परे अदालतले बाल सुधार गृहमा पठाउने गरेको छ ।

ज्यान मार्ने उद्योगका ‘बाल बिज्या कर्ता’ तीन महिना र जवरजस्ती करणी मुद्दाका ‘बाल बिज्या कर्ता’ पाँच महिना पछि बाल सुधार गृहको झ्याल तोडेर फरार भएका हुन् । सोमबार विहान ४ बजेसम्म बाल सुधार गृहमा रहेका ‘बाल बिज्या कर्ता’को अभिलेख सुरक्षामा खटिएको प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि फारर भएको हुन नसक्ने आशंका गरिएको छ । सबै जना सुतेपछि उनीहरू फरार भएको सुरक्षा निकायले अनुमानग गरेको छ । तीन तला माथिबाट हाम फालेर उनीहरू बाल सुधार गृहको कम्पाउन्ट वालभन्दा उत्तरपटी हाम फालेका थिए । उनीहरू फरार हुँदा तीन तला माथिबाट हाफ फालेको डोप अहिले पनि रहेको छ ।

फरार भएकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।