लक्ष्मीमार्ग/ नेपाली खेलकुद त्यसमा पनि फुटबल काठमाडौंको सेरोफेरोमा घुमिरहेको छ । तर फुटबलको बढ्दो क्रेज भने मोफसलमा देखिन्छ ।

राम्रा खेलकुद प्रशिक्षण स्थल र खेल गतिविधि राजधानीमा नै केन्द्रित छ । राज्यको लगानीमा पनि काठमाडौं केन्द्रित नै छ । तर, पनि मोफसल हारेको छैन । यहाँ ठू–ठूला गोल्डकपमात्रै हैन, खेलाडी उत्पादनमा पनि उस्तै गरी फड्को मारिरहेको छ । मोरङको बेलबारीमा मात्रै तीन ठूला गोल्डकपहरू हुने गरेका छन् । सङ्घीय सरकारले खेलकुदमा गरेको लगानी बेलबारी नआइपुगे पनि बेलबारीमा स्थानीय स्तरबाटै सही फुटबलमा राम्रै लगानी भइरहेको छ ।

बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार मानेर डाँगीहाट युथ क्लवब रहेको छ, भाउन्ने क्षेत्रलाई आधार मानेर डाँगीहाट फुटबल क्लब रहेको छ भने बेलबारी बजार क्षेत्रलाई आधार मानेर बेलबारी फुटबल क्लब रहेको छ र राधानगर क्षेत्रलाई आधार मानेर एम्ब्रियो युवा क्लब रहेको छ । पर्याप्त स्रोत र साधनको अभावमा पनि गोल्डकपको आयोजना गर्नु र एकेडेमि सञ्चालन गर्नु अत्यन्तै चुनौतीपूर्ण कार्य रहेको डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बू बताउँछन् ।

२०७० सालमा स्थापना भएको डाँगीहाट युथ क्लबले हालसम्म लक्ष्मी माविको खेल मैदानमा ३ वटा गोल्डकप भव्य रूपमा सम्पन्न गरिसकेको छ । जसमध्ये पहिलो गोल्डकपको उपाधि झापाले हातपा¥यो भने दोस्रो गोल्डकपको उपाधि मोरङ एकेडेमि उर्लाबारीले हात पा¥यो । यही वर्ष भएको तेस्रोे गोल्डकपको उपाधि रोयल क्लब बेस्ट बण््गालले हात पारेको थियो । यस क्लबले राजावास चक्रघट्टीमा गोल्डकपको उपाधि हात पारिसकेको छ । क्लबका अध्यक्ष विक्रम बान्तवाका अनुसार एन्फा तथा जिल्ला खेलकुद बाट सहयोग मिलिरहेको बताए ।

बेलबारीको ११ स्थित रहेको उक्त खेल मैदानमा यस अघि राष्ट्रिय लिग अन्तर्गतका ५ खेल भइसकेका छन् भने प्रदेश नम्बर एक स्तरीय महिला फुटबल, जिल्ला स्तरीय प्याब्सन स्पोटर््स र जिल्ला स्तरीय एन प्याब्सन स्पोट्सर्् पनि यही खेल मैदानमा सम्पन्न भएको हुनाले सिङ्गो प्रदेशमै यो खेल मैदान उत्कृष्ट हुनसक्ने मोरङ जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष सुजय गौतमले बताए । स्थानीय खेलाडी उत्पादनमा उक्त क्लबका प्रशिक्षक उत्तम राई अहोरात्र खेल मैदानमै भेटिन्छन् ।

२०६६ सालमा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल छ । क्लबले ३ वटा गोल्डकप सम्पन्न गरिसकेको छ । पहिलो गोल्डकप आफैले राखेको डाँगीहाटले दोस्रो गोल्डकप भने रारा फुटबल क्लब धनकुटा र तेस्रो गोल्डकपको उपाधि व्वाइज युनियन काठमाडौंले जितेको थियो । गोल्डकप सँगसँगै करिव ७ वर्ष पहिला सोही खेल मैदानमा राष्ट्रिय टोली विरुद्ध मोरङ ११ को पनि खेल सम्पन्न भइसकेको छ । दश वर्षे दौरानमा पाँचथर, झापा, मोरङ, सुनसरी लगायतका विभिन्न ठाँउहरूबाट करिब ५० वटा जति खेल जितिसकेको क्लबका अध्यक्ष छत्र लिम्बु दाबी गर्छन् । हिमालयन शेर्पा क्लबका पूर्व खेलाडी याकुब राई प्रशिक्षक रहेको उक्त डाँगीहाट फुटबल क्लबबाट उत्पादित करिब एक दर्जनभन्दा बढी खेलाडी हाल ए डिभिजन क्लबमा आबद्ध रहेको क्लबका अध्यक्ष लिम्बु बताउँछन् ।

बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल खेलका गतिविधिलाई केन्द्र बनाई राख्ने अर्को क्लब हो बेलबारी फुटवल क्लब । रसिन लामा तामाङ अध्यक्ष रहेको यो क्लब २०७० सालमा स्थापना भएको हो । हालसम्म दुईवटा गोल्डकप गराइसकेको छ । २०७१ सालमा भएको पहिलो बेलबारी गोल्डकपमा रिजालको मर्निङ क्लब विराटनगरले उपाधि हासिल गरेको थियो भने २०७२ सालमा भएको दोस्रो बेलवारी गोल्डकपमा आयोजक आफैले उपाधि हासिल गरेको थियो ।

अध्यक्ष रसिनका अनुसार एन्फाबाट क्लबलाई खासै सहयोग नमिले पनि स्थानीय स्तरबाटै काम गरिरहेको बताए । ‘५ वर्षमा करिब ४० प्रतियोगितामा सहभागी भइसकेका छौँ । हामी प्रतियोगिता गराउनमा भन्दा खेल्नमा बढी जोड दिन्छौँ’ अध्यक्ष रसिनले भने । क्लबबाट उत्पादित किशोर गिरी हाल हिमालयन शेर्पामा गोल रक्षकको रूपमा खेलीरहेका छन् भने विवेक पौडेल पनि हिमालयन शेर्पामै आबद्ध छन् । क्लबको प्रशिक्षकको रुपमा शङकर सुवेदी रहेका छन् । २०७२ सालमा बेलवारी खेलकुद महोत्सवबाट सङ्कलित केही रकमबाट क्लब सञ्चालन गरिरहेको अध्यक्ष रसिनले बताए ।

२०७३ सालमा स्थापना भएको बेलबारी ८ राधानगरस्थित रहेको एम्ब्रियो फुटबल एकेडेमिमा हाल ४१ जना विद्यार्र्थीहरू रहेका छन् । रविन थापा सञ्चालक रहेको उक्त एकेडेमीको प्रगति पनि लोभलाग्दो छ । एकेडेमिमा ड्रेसलगायत खेलाडीलाई चाहिने सम्पूर्ण सामग्री निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको क्लबका अध्यक्ष रविन थापा बताउँछन् ।

सिंहदेवी बोर्डिङ स्कुलको सहकार्यमा सञ्चालित उक्त फुटवल एकेडेमिबाट गत वर्ष एक नम्बर प्रदेशबाट जम्मा १८ जना खेलाडी छनौट भएकामा एकेडेमिबाट मात्रै ६ जना अन्डर १६ मा पर्न सफल भएका हुन् । छनौटमा परेका मध्ये रञ्जित परियार अन्डर १५ को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तराष्ट्रिय खेलहरूसमेत खेलिसकेका छन् । अभावकै बीचमा पनि एकेडेमि सञ्चालन गर्नु निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । खेलकुदमा छुट्याइएको बजेट पनि लगानी नै हो भनेर बुझ्न आवश्यक छ । खेलकुद राष्ट्रिय एकताको विषय हो, राष्ट्रको सम्मान, गौरव बढाउने विषय हो ।