धरान / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्र बिरुद्ध वर्तमान सरकार धावा बोलीरहेकोले यस पालि धरानबासीले कांग्रेसलाई मत दिएर कम्युनिष्टलाई सच्चिने मौका दिन आग्रह गरेका छन् ।
मंगलबार धरानमा भएको चुनावी सभामा बोल्दैं धरानवासीलाई मंसिर १४ गते हुने उप–निर्वाचनमा मत र मन बदलेर कांग्रेसलाई भोट दिएर कम्युनिष्टलाई सच्चिने मौका दिन धरानेजनतालाई आग्रह गरेका छन् ।
सभामा बोल्दैं प्रमुख बक्ता नेपाली कांग्रेसका युवा नेता गगन थापाले धरानको मौलिकता र आधुनिकतालाई २८ बर्ष शाशन गरेका कम्युनिष्टले भोटसंग साटेर खाएको आरोप लगाए । ‘धराने जनता बाँचे पनि हास्न छाडेका छन्, धरानबासीको मुहारबाट खुशि खोस्ने काम कम्युनिष्टका नेताले गरेक छन् ।’–थापाले भने–‘त्यसैले अव तपाईहरु मत र मन फेर्नुहोस् ।’
धराने जनता बदलिए मात्र धरान बिकास हुने भएकाले त्यसका लागि यसपालीको उप–निर्वाचनमा धरानका जनताले कांग्रेसका उम्मेद्वारलाई मतदिएर धरानलाई समृद्ध सहर र कम्युनिष्टलाई सुध्रने मौका दिन उनको आग्रह थियो ।
सभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला, केन्द्रीय सदस्य एवम पूर्वमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, केन्द्रीय सदस्य रामसरण महतलगाएका नेताहरुले बोलेका थिए ।
गाउँ गाउँबाट कांग्रेस जनहरु धरानमा, चुनावी सभामा देखिएन् उत्साह
धरान २०४७ साल पछिका आम निर्वाचनमा बामपन्थीहरुले जित्दैं आएको ठाउँ हो । यहाँ कांग्रेसको कमजोर उपस्थिति रहेको मानिन्छ । यो उपनिर्वाचनमा नेतृत्व परिर्वतन मुख्य लक्ष्य राखेर कांग्रेसले चुनावी मैदानमा आएको छ । आज भएको चुनावी सभामा कांग्रेसले धरान बाहिरबाट कार्यकर्ताहरु बसमा ल्याएर चुनावी सभा गरेको छ । सभामा उपस्थिति कांग्रेसले जुन अपेक्षा गरेको थियो त्यो देखिएन । स्थानीयहरु उत्साहका साथ सभामा देखिएनन् । तर कांग्रेसका स्थानीय नेताहरुले यो धरानको कांग्रेसको इतिहासकै ठूलो जनसहभागीता भएको बताएको छ ।