विराटनगर/ प्रथम फेस अफ मारवाडी किड्स २०१९ को फाइनलमा पुगेका ४५ जना प्रतियोगीले प्रतिभा देखाएका छन् । विराटनगरस्थित शनिबार भएको ट्यालेण्ट शोमा उनीहरूले आफ्नो रोजाइअनुसारका प्रतिभा देखाएका हुन् ।

प्रतियोगीहरूले गीत, नृत्य प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन दिए । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्भिसेस काठमाडांैको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको फाइनल बिहीबार विराटनगरस्थित जैन भवनमा हुनेछ । टेयालेण्ट शोका निर्णायकहरूमा मोडल नवनित प्रधान, मिस कोशी २०१६ की विजेता निरुता नेपाल र युवा नेता अमलेश कर्ण रहेका थिए ।

फाइनलमा पुगेका ४ देखि १४ वर्षका बालबालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगीहरू विराटनगर, इटहरी, धरानलगायतका शहरबाट सहभागी छन् । मारवाडी बालबालिकाहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराई समाज निर्माणमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।

विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने अग्रवालले बताए । ‘विराटनगरमा लामो समयपछि फेस अफ मारवाडी किड्सजस्तो भव्य कार्यक्रम हुन लागेको हो’ –उनले भने । यस्ता कार्यक्रमहरू काठमाडौंमा मात्रै हुने गरेका थिए । मारवाडी युवा मञ्चले मारवाडी बालबालिकाको क्षमता अभिवृद्धि गर्न स्थानीयस्तरमा यस्तो प्रतियोगिता आयोजना गरेको फेस अफ मारवाडी किड्सका एम.डी. रेखा मोदी मित्रुकाले जानकारी दिइन् ।