मनमोहन अस्पतालमा शिशुको मृत्युले अस्पतालमा तनाव

alt
  • मंसिर ११, २०७६
  • २६२ पटक पढिएको
  • प्रेम आचार्य

बिर्तामोड   शिशुको मृत्युपछि मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा उत्पन्न भएको तनाव साम्य भएको छ । उपचारको क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि भएको तनाव पीडित परिवार र अस्पताल र प्रशासनबिचको बैठकमा सहमति भएपछि साम्य भएको हो ।
त्रिपक्षीय बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख उपलब्ध गराउने भए पछि सहमति भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अस्पतालले बुधबार नै १ लाख नगद र बाँकी ४ लाख मंसिर मसान्तभित्र दिने सहमति भएको छ ।
मनमोहन सामुदायिक अस्पतालमा बिर्तामोड नगरपालिका वडा नम्बर.५ निवासी विजय लिम्वूको पाँच महिनाकी छोरी विपिषाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो । मृतक शिशुका आक्रोशित आफन्तले अस्पतालमा ढुङ्गामुढासमेत गरेका थिए । मृतकका आफन्तले ढुङगा प्रहार गर्दा अस्पतालका केही शिशा फुटेका छन् । अस्पतालमा तोडफोड हुन थालेपछि थप क्षति हुन नदिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
पीडितका अनुसार मंगलवार दिउँसो १ बजे शिशुको उपचारका लागि अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा साझ ५ः३० बजे मृत्यु भएको बताइएको छ । थप उपचारको लागि मनमोहन अस्पतालले नजिकै रहेको बी एण्ड सी अस्पताल रेफर गरेको थियो । तर, बिरामीको रेफर गर्नु अगाबै अस्पतालमै मृत्यु भएको पीडितको भनाई छ ।
बिबादपछि इलाका प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सहमति जुटाएको छ । सहमतिमा अस्पतालका तर्फबाट रोमणी भट्टराई र पीडित परिवारको तर्फबाट विजय लिम्बुलगायत आफन्तले हस्ताक्षर गरेका छन् ।

नौं दिनदेखि युवती ब ...

 ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँप ...

धरानबाट खैरो हिरोइनस ...

धरान / इलाका प्रहरी कार्यालय धरानले खैरो हिरोइनसहि ...

भोजपुरका दुईवटा वडा ...

भाेजपुर / अज्ञात समुहले जिल्लाको दुईवटा वडा कार्यालयमा ...

मारुती सिमेन्टको काम ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं.९ मा रहेको मार ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved