लक्ष्मीमार्ग/ स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवसको अवसरमा मङ्सिर १९ गते नझरेका फूलहरूले नारायण गोपालको सम्मान र सम्झनामा विशेष कार्यक्रम गर्ने भएको छ ।

‘नझरेका फूलहरू’ ले आफ्नो १६ औं शृङ्खलाअन्तर्गत नारायण गोपाल स्मृति दिवस कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा लोकप्रिय गायक शिशिर योगीले स्वर सम्राटसहित आफ्ना बहुचर्चित गीतहरू सुनाउनेछन् । मङ्सिर १९ गते साँझ ६ः३० बजेबाट शुरु हुने कार्यक्रममा पूर्वर्की चर्चित गायिका सृष्टि हिङ्माङले पनि प्रस्तुति पस्कने छिन् ।

कार्यक्रममा नारायण गोपाललाई कविहरू मनु मञ्जिल र छवि वैरागी घिमिरेले पनि आफ्ना कविताहरूमार्फत् प्रस्तुत गर्ने बताइएको छ । एउटै मञ्चमा गायक, गायिका र कविहरूको सहभागितामा दर्शक, श्रोतालाई मनोरञ्चन दिन र स्वरसम्राटप्रति श्रद्धाञ्जली अर्पण गर्न स्मृति दिवस कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले बताएका छन् ।

कोशी हरैंचा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने उक्त कार्यक्रममा सुन्दरहरैंचा आइडलका विजेताहरूको पनि प्रस्तुति हेर्न सकिने नझरेका फूलहरूका प्रस्तोता घिमिरेले बताए ।