धरान । आज राति १२ बजे देखी भाेली साँझ ७ बजेसम्मका लागी धरान छिर्ने नाकाहरुमा सबारी आवागमा बन्द गरिदै छ ।

भोलि हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै धरान भित्रने सवारी साधनहरुलाई भित्रन नदिन पूर्वमा चाेक्टी, पश्चिम बराहक्षेत्रको नडाहा, उत्तरमा भेडेटार र दक्षिणमा तरहरा गरी चारै नाकाहरुमा रोक लगाइने इलाका प्रहरी कार्यालयले जनाएको छ । आज राति १२ बजेबाट बन्द हुने ति नाकाहरुमा भाेली हुने निर्वाचन सकिएपछी साँझ ७ बजे पछि पुनः खुल्ला गरिने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अतिआवश्क सवारीी साधनका रूपमा एम्बुलेन्स, चिकित्सकको टोली भएको सवारी तथा बिवहाका सबारीहरूलाई धरानमा चल्न छुट दिइने छ भने खानेपानी तथा दुध बाेक्ने सबारीसाधनलाई  अनुमति पत्र(पास) उपलब्ध गराएर चल्न दिइनेछ । अन्य सबारी साधनका लागी भने जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट अनुमति पत्र(पास) लिएकाे हुनु पर्ने छ ।