धरान  / आज धरान उपमहानगरपालिकाको मेयर र ७ नं. वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा सहभागी मतदाताहरुलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले मतदाताहरुलाई धन्यवाद दिएको छ ।
शनिवार साँझ निर्वाचन परिचालन समितिका संयोजक रमेश बस्नेतले विज्ञप्ति जारी गरि मतदाताहरुको उत्साहपूर्ण सहभागीताप्रति आभार व्यक्त गरेका छन् ।
शान्त र सौहार्द वातावरणमा निर्वाचन सम्पन्न गर्न मेहनत गर्नुहुने निर्वाचन आयोग तथा निर्वाचनमा सहभागी कर्मचारीहरु र सुरक्षाकर्मीहरुलाई पनि उनले धन्यवाद दिएका छन् ।
‘संचारकर्मीहरुको सकारात्मक साथ र सहयोगप्रति आभार व्यक्त गर्दछौं यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सकारात्मक भूमिका निर्वाह गर्नुहुने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै निर्वाचन प्रकृयामा सहभागी सबै राजनीतिकदलहरुलाई समेत आभार व्यक्त गर्दछौं ।’–बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आज धरान उप महानगरपालिकाको प्रमुख र वडा नम्बर ७ को अध्यक्ष पदका लागि २८ स्थान र ९९ वटा केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा २० वटै वडाका जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
धरानमा ९२ हजार ८ सय ५३ मतदाता रहेका थिए । जसमध्ये ५४ हजार ९ सय ५१ मत खसेको बताइएको छ । २०७४ साल असार १४ गतेको निर्वाचनमा ६७ दशलमव ८६ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।