खाँदबारी ।  संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेलले जितेका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल विजयी भएका हुन । नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मत ल्याए । कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् ।

मकालु गाउँपालिकामा यसअघि पनि नेकपा एमालेले जितेको थियो । अध्यक्ष खड्ग कटुवालको सडक दुर्घटनामा निधन भए पछि हिजो निर्वाचन भएको हो ।