धरान  / कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले २४ हजार ३ सय ९५ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् । यो परिणाम ८ हजार ४०९ मतान्तर हो । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।

अघिल्लो निर्वाचन रवीन्द्र अधिकारीले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए । रविन्द्र अधिकारी दुर्घटनामा मृत्यु भए पछि कास्की दुईमा निर्वाचन भएको हो । विद्या उनकी पत्नी हुन । विद्यार्थी राजनितिबाट उदाएकी विद्या अनेरास्ववियुकी पूर्व सचिव हुन । रविन्द् अधिकारी अध्यक्ष हुदा उनी सचिव थिइन । श्रीमानकाे राजनीतिक करियरका लागि उनी घर सम्हाल्दैं आएकी थिइन ।