धरान / धरान उपमहानगरपालिको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय नजिक पुगेका छन् ।
अहिले वडा न ७ को मतगणना भइरहेको छ । बाँकी सबै वडाको मतपरिणाम आउदा कांग्रेस उम्मेदवार तिलक राईले २५९९५ मत रहेको छ । नेकपाका प्रकाश राईको २३३९३ मत रहेको छ । तिलक राई २६०२ मतान्तरण अगाडी छन् । ७ नंको मत गणनामा पनि कांग्रेस अगाडी रहेको छ । ७ नंं वडामा १३०० मत खसेको छ । ७ नंं वडामा कांग्रेसका शुवर्णमोहन पोलिखेको १५० मत गन्न बाँकी रहदा नेकपाका जीवन सुवेदी भन्दा १६० मतले अगाडी रहेका छन् ।

21 23