अर्पणको फरक रूप

alt
  • मंसिर १७, २०७६
  • ९६ पटक पढिएको
  • ब्लाष्ट खबर

फिल्म ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो भएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भइरहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतको प्रमुख भूमिका छ । फिल्मका निर्माता अर्जुन कुमार हुन् ।

हालसालै फिल्म ‘लप्पन छप्पन २’ को छायाङ्कन भ्याएका अभिनेता अर्पण थापाले ‘चपली हाइट ३’ मा नेगेटिभ रोल निभाउँदैछन् । सोमबार निर्माता अर्जुनले उनको लुक्स सार्वजनिक गरेका छन् । आँखामा गोलो आकारको चश्मा लगाएका उनको मुखको बाहिरी (तल्लो) भागमा सर्जरी गरेको खाटा देख्न सकिन्छ ।

आउँदो चैत २८ गते फिल्म ‘प्रेमगीत ३’ सँग भिड्न लागेको यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरेहका छन् । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । निर्देशक निकेशसँग यसअघि अर्जुनले सौगात मल्ल स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा सहकार्य गरेका थिए ।

‘चपली हाइट’ को अघिल्ला दुवै शृङ्खला निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड सिनको अझै पनि चर्चा हुन्छ । सम्भवतः नेपालमा बनेको पहिलो सेक्स साइकोलोजी फिल्म हो यो । यो फिल्मले विवादका बावजुद बक्सअफिसमा नाफाको व्यापार गरेको थियो । दोस्रो शृङ्खलाले भने लगानी उठाउन सकेन ।

नौं दिनदेखि युवती ब ...

 ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँप ...

धरानबाट खैरो हिरोइनस ...

धरान / इलाका प्रहरी कार्यालय धरानले खैरो हिरोइनसहि ...

भोजपुरका दुईवटा वडा ...

भाेजपुर / अज्ञात समुहले जिल्लाको दुईवटा वडा कार्यालयमा ...

मारुती सिमेन्टको काम ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं.९ मा रहेको मार ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved