कुकुरको शरीरमा उत्पन्न हुने बाह्य तथा आन्तरिक एर्लजन प्रतिको प्रतिक्रिया स्वरूप छालामा देखिने ओसिलो विकृितलाई इकजिमा भनिन्छ । यो अवस्था छालाको बाह्य माथिल्लो सतह प्रभावित पार्ने खालको हुन्छ । जुन शरीरको कुनै भाग वा सम्पूर्ण शरीरको छालामा देखिने गर्दछ । यो कुनै ठाउँ विशेषको छालामा रातो बिमिरा जस्तो फोका देखिने प्रभावित ठाउँबाट पानी जस्तो तरल पर्दाथ चुहिने तथा बिस्तारै कत्ला वा पाप्रा बन्ने गर्दछ ।

कारण
जब सम्बेदनशील छालाका कोशिकाहरू कुनै खास किसिमका एर्लजनमो सम्र्पकमा आउछन् तब इकजीमा देखिने गर्दछ ।
शरीरका आन्तरिक एलर्जन ः
खाद्यजन्य एर्लजन, विशेष तरकारी, मासु, फुल लेटुस (सलाद) दुध भात, माछा, पालुङ्गो, गोलभेडा गहुँ, साथै अरूखाले खानेकुरा हुन सक्छन् ।

सूक्ष्म परजीवी जन्य एर्लजन
लीसमेनियशीश जीवाणु जन्य एर्लजन क्षयरोग तथा लेप्टोएस्पाइरोसीस विषाणुजन्य एर्लजनमा छाला जन्य डिस्टेम्पर, ढुसी जन्य एर्लजन ट्राइको फाइटोन आन्तरिक परजीवी जन्य एस्कारिस, अङ्कुशे जुका, फित्ते जुका चुर्ना पर्नु इत्यादि । खोप तथा औषधि प्रयोग गर्दा पनि छालामा एर्लजी जन्य विकृति देखिन सक्छ । यस बाहेक पोटासियम आयोडाइड ब्रोमाइड र फिनोथायजिन जस्ता रसायनले पनि छालामा एलर्जिक जन्य प्रतिक्रिया देखाउँछन् ।

शरीरका बाह्य एर्लजन
उपियाँ, जुम्राजस्ता बाह्य परजीवीले ग्रसित हुनु एन्टीसेपटिक तथा निस्सङ्क्रमण गर्दा प्रयोग गरिने रसायनका कारण विविध खाले रङ्गरोगन, ओछ्यान रवरबौल डाईहरू, सिन्थेटिक फाइवर, पोलेण्न ग्रेन, कहिलेकाहीँ थाहा नभएका कुराहरू प्रति पनि हुन सक्छ ।

सहयोगी कारणहरू
जन्मजात ग्रहणशीलता कलेजो जन्य विकृति हार्मोनको असन्तुलन अत्यधिक गर्मी जाडो प्रकाश उज्यालो पटक पटक भिज्ने वा ओसिलो ठाउँ आदि हुन् ।

रोगको निदान
यो अवस्था अन्य छालाजन्य विकृतिबाट छुट्याएर ठ्याकै यही कुराका कारण एलर्जी हुन गई इलर्जीमा भएको भन्न गाह्रो हुने गर्दछ । इलर्जीमामा विकृतिका सङ्केतहरू छालाको सतहमा देखा पर्दछन् । जुन कुराको एलर्जी भएको थियो त्यो निषेध गरेमा आफै हराउँछ तर त्यस्तै कुराको सम्र्पकमा पुगेमा पुन देखिन सक्छ ।

इकजीमा को उपचार व्यवस्थापन
इकजीमा उपचारको पहिलो पाइला भनेको कारक तत्व हटाउनु नै हो । कुकुरको आहारा खानेकुरा सबै खाले हुनुपर्दछ । मासु, फूल प्रतिबन्धित खानेकुराले चाँडै सञ्चो हुन सहयोग गर्दछ । दुध तरकारीको कवाथ सुपयुक्त खानेकुरा उपयुक्त हुन्छ । एन्टी हिस्टामिन स्टेखाइडको प्रयोगले इकजीमा निको पार्न मदत गर्दछ साथै एन्टीवायोटिकको प्रयोगले जीवाणुजन्य सह सङ्क्रमण नियन्त्रण गर्दछ । इकजीमाग्रस्त भागमा स्थानीयस्तरमा औषधि प्रयोग गरी उपचार गर्दा बिरामीको अवस्थामा चाँडै पुनः लाभ हुन सघाउँछ ।