देउराली । अपाङगता भएका व्याक्तीहरुको १८ औं अन्तराष्ट्रिय दिवसका अवसरमा धरानमा ५ प्रकारका २० जना अपाङगता भएका व्यक्तीहरुलाई अपाङग मैत्री समाग्री वितरण गरीएको छ ।

अपाङग पुर्नस्थापना तथा असाय सेवा केन्द्र नेपाल धरानको समन्वय र धरान उपमहानगरपालिकाको सामाजिक विकास महासाखाले अयोजना गरेको उक्त अपाङग मैत्री सामाग्री वितरण कार्याक्रममा धरान उपमहानगर भित्र रहेका विभिन्न प्रकारका अपाङगता भएकाहरुलाई अपाङग मैत्री सामाग्री बितरण गरेको हो ।

नगरस्तरीय अपाङ्गता समन्वय समितिकी अध्यक्ष तथा उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारी (सुवेदी)  प्रमुख अतिथी रहेको उक्त कार्यक्रमा ११ जनालाई व्हीलचेयर, ४ जना दृष्टी विहिनलाई सेतो छडी, ३ जनालाई बैसाखी, १ जनालाई ट्राइसाइकल र १ जनालाई वाल्कर वितरण गरेको थियो ।

अपाङ्गता भएकाहरुलाई नेपाली समाजमा अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा लिइरहेको र राज्यले पनि पूर्णरुपमा समेट्न नसकी रहेको बताउदैं कार्यावाहक मेयर भण्डारीले धरान उपमहानगरपालिकाले पूणरुपमा अपाङ्गता भएकाहरुलाई समेट्ने गरी योजनाहरुको तयारी भइरहेको बताईन् ।