एक जमानामा नेपालकै चिर्चित र चहलपहल युक्त धनकुटामा अहिले शुन्यता छाएको छ । पूर्वको सुन्दर तथा चर्चित धनकुटालाई भूतबङ्ला र गौचरण बनाउने गम्भीर षडयन्त्र भैरहेको छ । सबै किसिमले सबै क्षेत्रको लागि उपयुक्त रहेको धनकुटामा अहिले राज्यको ध्यान नगएकाले भूतबङ्ला र गौचरण बन्दै गएको छ । धनकुटामाथि राज्य,सरकार र नेताहरूको गिद्धे नजर परकाले भूतबङ्ला र गौचरणमा परिवर्तन हुँदै गएको हो ।

१ नम्बर प्रदेशको राजधानी धनकुटालाई नबनाएपछि धनकुटा पुरै सक्दै गएको र सुस्ताउँदै गएको हो । धनकुटामा व्यापार व्यवसाय चल्न छाडेपछि २७ वटा पसलहरू बन्द भैसकेका छन् । ७ वटा घरेलु तथा साना उद्योग बन्द पनि बन्द भएका छन् । अन्य धेरै पसल तथा साना उद्योगहरू बन्द हुने स्थितिमा पुगेका छन् । धनकुटालाई जीवन्तता दिनका लागि धनकुटाबासीहरूको पहलमा पूर्वी पहाडी जिल्लाहरूको लागि यातायतको कार्यालय स्थापना भएता पनि अधिकार विहीन रूपमा भएकोले पनि खासै धनकुटाको चहलपहल ल्याउन सकेन । यहाँ लाइसेन्स नवीकरण बाहेक अन्य कुनै काम हुँदैन । धनकुटाका यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाएर पूर्वी पहाडी सम्पूर्ण जिल्लाहरूका लागि सेवा दिनुपर्छ ।

मुख्य मन्त्रीको सम्र्पक कार्यालय धनकुटामा स्थापना भएको ६ महिना भैसक्दा पनि मुख्य मन्त्री जम्मा १ पटक मात्र धनकुटाको सम्पर्कमा कार्यालयमा आएका छन् । मेडिकल कलेज धनकुटामा स्थापना गर्ने भनी प्रदेश सरकारले थोरै बजेट विनियोजन गरी धनकुटेलीको आँखामा छारो हाल्ने काममात्र गरेको छ । मेडिकल कलेजको लागि धनकुटामा जग्गा सिफारिस गर्ने बाहेक अरू केही हुन सकेको छैन । धनकुटालाई सान्त्वना दिने काममात्र भएको छ । धनकुटामाथि राज्य, सरकार र राजनैतिक दलहरूले बारम्बार षडयन्त्र गर्दै आएकाले धनकुटालाई अहिले भूतबङ्ला र गौचरण बनाउने काम भैरहेको छ । सरकारी घरहरू संरक्षणहित खण्डहरबन्दै गएका छन् अनि सरकारी जग्गाहरू गौचरण बन्दै गएका छन् ।

धनकुटाका सयांै भव्य सरकारी भवनहरू अहिले पुरै खाली भै भूतबङ्ला बन्दै गएका छन् । हजारौं रोपनी सरकारी जग्गाहरूसमेत गौचरणमा परिणत भएको हो । धनकुटाका सरकारी भवनहरू, कार्यालयहरू प्रदेशको राजधानी बिराटनगरमा र स्थानीय तहहरूमा कार्यालय तथा कर्मचारीहरू स्थानान्तरण भएकाले रित्तिएका छन् भने निजी घरहरूसमेत व्यापार व्यवसाय चल्न छोडेपछि तराई झर्न थालेकाले खाली हुन थालेका छन् । घर जग्गा बिक्री वितरणमा पुरै मन्दी छाएको छ । राज्य,सरकारले धनकुटालाई सौताको व्यवहार गरी धनकुटालाई समाप्त गर्ने गम्भीर षडयन्त्र गरेकोले धनकुटाको पहिचान, गौरव तथा इतिहासलाई कायम गर्नका लागि धनकुटाका हामी स्थानीय वासिन्दाहरूले सक्रियता पूर्वक धनकुटालाई बचाउन ढिलो नगरीकन निजी क्षेत्रका सङ्घ संस्थाहरूको नेतृत्व गर्दै अगाडि बढ्नु पहिलो आवश्यकता भएको छ । धनकुटाको विकास र समृद्धिीका लागि धनकुटाको नेतृत्व गर्न सक्ने सक्षम ,सशक्त, क्रियाशील र जुझारु अनि धनकुटालाई बुझेको चिनेको दह्रो नेतृत्व आवश्यक भएको छ । धनकुटा त्यस्तो नेतृत्वको खोजीमा अहिले आतुर बनेको छ ।

धनकुटालाई बेवास्ता गरी सबै किसिमले उच्च जोखिम रहेको विराटनगर १ नम्बर प्रदेशको स्थायी राजधानी बनाएपछि चम्किरहेको धनकुटा एक्कासी धनकुटा खस्किएको हो । कुनै पनि माप दण्ड बिना अध्ययनै नगरी हचुवाको भरमा मतदान प्रक्रियाबाट विवेकलाई बन्धक बनाएर जबरजस्ती विराटनगरलाई प्रादेशिक राजधानी बनाइएको थियो । त्यतिखेर १ नम्बर प्रदेशको स्थायी राजधानी सत्तारुढलगायत प्रमुख राजनैतिक दलहरूका नेतृत्वले जबरजस्ती ढङ्गले विराटनगर बनाएका हुन् । विराटनगर १ नम्बर प्रदेशकै असुरक्षा, डुबान,अत्यधिक गर्मी, महामारी, भूकम्प लगायत प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मानिन्छ । सबै किसिमले उपयुक्त रहेको धनकुटा र प्रदेश सांसदहरूको दुई तिहाई समर्थन रहेको इटहरी र धेरै सम्भावाना रहेको धरानलाई राजधानी नबनाई राजनैतिक दलको नेतृत्वले ह्विप लगाएर जबरजस्ती र षडयन्त्रपूर्वक विराटनगरलाई मतदान गर्न बाध्य बनाएका हुन् । जनताबाट चुनिएका सांसद जस्तो जनप्रतिनिधिहरूलाई समेत आफ्नो विवेकको मत दलहरूले प्रयोग गर्न नदिई भेडा बाख्रा झै बनाई आफ्नो स्वार्थ पूरा गरेका थिए ।

धनकुटा, इटहरी र धरानमा गत निर्वाचन ताका नेकपा र नेपाली काङ्ग्रेसले र तिनका उम्मेदवारहरूले आ आफ्नै जिल्ला वा स्थानलाई प्रादेशिक राजधानी बनाउने जनता समक्ष कमस खाएर मत प्राप्त गरी विजयी भएका थिए तर साढे एक वर्ष नबित्दै जनता समक्ष गरेको प्रतिबद्धता र कसमलाई बिर्सेर आफ्नो मातृ भूमि तथा कर्मभूमि प्रति अपमान गदै धनकुटा, धरान र इटहरीका सांसदहरूले राजधानीको लागि विराटनगरलाई मतदान गरेका थिए । राजधानी र नामको टुङ्गो भने दुई तिहाई बहुमतबाट गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नम्बर १ का ९३ सांसदहरू मध्ये नेकपाका ६७,नेपाली काङ्ग्रेसको २१,सङ्घीय समाजवादी फोरम नेपालको ३ र सङ्घीय लिम्बुवान परिषद् र राप्रपाका एक÷एक जना सांसद रहेका छन् । दुई तिहाईका लागि ६२ जना सांसद चाहिन्छ जुन सत्तारुढ नेकपासँग एक्लै पुथ्यो । जग्गा दलाल ,माफियादेखि छिमेकी मित्र राष्ट्र समेतको प्रभावमा, दबावमा तथा प्रलोभनमा प्रमुख राजनैतिक दलका नेताहरू, प्रदेश सरकार तथा प्रदेश सांसदहरू फसेर गतल निर्णय गरेको नागरिकहरूको दाबी छ ।

राजैनितक पहुँच र शक्ति नभएकै कारण प्रदेश प्रमुखको मुकाम तोक्दा पनि इतिहासदेखि वर्तमान सम्म पूर्वको केन्द्रको रूपमा रहेको धनकुटालाई पुरै उपेक्षा गरी विराटनगर तोकिएको थियो । १ नम्बर प्रदेशको केन्द्रको रूपमा सबै किसिमले उपयुक्त रहेको धनकुटा सरकारले प्रदेश प्रमुखको मुकाम नतोकेर ठूलै अन्याय गर्दै इतिहासनै मेटिदिने कामसमेत गरेको थियो । प्रमुख राजनैतिक दल र प्रदेश सरकारले अव्यावहारिक र विवेकहीन ढङ्गले पहुँच र दलालहरूको पछाडि लागेर अहिले पनि जो निर्णय ग¥यो, त्यसको अहिले पनि सर्वत्र विरोध भएको छ । पहाडको डाँडाबाट युद्ध गरेर अङ्गे्रजहरूलाई पराजित गरी नेपाललाई जोगाएको इतिहास वर्तमान सरकारले र प्रदेश सभाहरूले पुरै विर्सेर अहिले सम्म कुनै पनि प्रदेशहरुको प्रदेशको स्थायी राजधानी पहाडमा नराखी पहाडमाथि यति ठूलो अन्याय गर्नु मुर्खता र विवेकहीन हुनु हो । ठूलो क्षेत्रफल भूगोलले ओगटेको सिङ्गो पहाडलाई उपेक्षा र ठूलो बेवास्ता गर्नु हो ।

अन्तर्राष्ट्रिय सिमाना भन्दा टाढा हरेक दृष्टिकोणले धनकुटा उपयूक्त रहेकोले नै वि.सं. १८४० देखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रूपमा स्थापित भई हालसम्म निरन्तर रूपमा पूर्व धनकुटा केन्द्रकै रूपमा र विकास क्षेत्रको राजधानीकै रूपमा कायम थियो । राणाकालीन समयमा धनकुटा वडा हाकिमको अण्डा हुँदै राजनैतिक परिवर्तनपछि पनि धनकुटालाई पञ्चायत,प्रजातन्त्र र गणतन्त्रको स्थापनापछि सम्म पनि धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रकै सदरमुकामकै रूपमा स्विकार गर्दै निरन्तरता दिँदै आएकोले पनि क्षेत्रीय स्तरका कार्यालयहरू र उनीहरूका भौतिक पूर्वाधारले सम्पन्न भवनहरू आजसम्म कायम छन् ।

तमोर करिडोर,मध्यपहाडी राजमार्गले १ नम्बर प्रदेशका सबै पहाडी जिल्लालाई धनकुटाले सिधै जोडिएका छन् भने तराईका सवै जिल्लाहरू पनि सिधा यातायतले धनकुटालाई जोडेकोले पहाडबाट तराई नझरी सिधै धनकुटा आउन सकिन्छ र तराईबाट पनि सिधै धनकुटा आउन अत्यन्तै सजिलो भएकाले यातायतको दृष्टिले पनि धनकुटा प्रदेशको राजधानी बन्न ज्यादै उपयुक्त थियो । यसैगरी हवाई यातायतका लागि पनि धनकुटा नगरपालिकाको वडा नं. ९ को बेलहारा डाडामा सम्भाव्यता अध्ययन पूरा भई निर्माणको प्रक्रियामा अगाडि बढ्ने भएको छ । धनकुटा १ नम्बर पदेशको राजधानी भएको थियो भने हिमाली ३, पहाडका ८ र तराईका ३ जिल्लाहरूका बहुसङ्ख्यक समुदायको प्रतिनिधित्वको समेत सम्बोधन हुन्थ्यो । धनकुटाभन्दा माथि गए हिमाल तल झरे तराई धनकुटामा हिमालका शेर्पा बक्खु लगाएर र तराईवासी धोती लगाएर आएर बस्न हावापानी र वातावरणले सहज हुने भएकाले धनकुटाले हिमाल र तराईलाई भूगोल र भावनाले जोड्न र गाँस्न सक्थ्यो ।

भौतिक पूर्वाधारको हिसाबले पनि धनकुटामा पयाप्त सरकारी जग्गा तथा भवनहरू रहेकाले पनि १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाएको भए भौतिक संचरना निर्माणमा राज्यको ठूलो खर्चसमेत जोगिने थियो । उक्त रकमलाई हाम्रो प्रदेशको विकासमा लगाउन सकिन्थ्यो । प्रदेश नम्बरको १ को राजधानी विराटनगरमा सरकारी जग्गा र भवनहरू पर्याप्त नहुँदा अहिले अस्तव्यस्त नै भएको छ । धनकुटा बजार क्षेत्रमा मात्र थप ६ हजार ५ सय रोपनी जग्गामा जम्मा ४सय २ वटा सुविधा सम्पन्न भूकम्प प्रतिरोधात्मक पक्की र भव्य सरकारी कार्यालयहरूका आफ्नै भवनहरू रहेका छन् । ती भवनहरुमा प्रदेश सभा प्रमुख, मुख्य मन्त्री,प्रदेश मन्त्रीहरू, प्रदेश सभाका विभिन्न समितिका कार्यालयहरू र प्रदेश प्रमुख, मुख्य सचिवतथा प्रदेशका मन्त्रालयहरू तत्काल राखी सजिलो ढङ्गबाट कार्य सञ्चालन गर्न सकिन्थ्यो । प्रदेशका मुख्य मन्त्री , मन्त्रिहरू,प्रमुख सचिव तथा सचिवहरू र सांसदहरूलाई समेत आवासको लागि सरकारी क्वाटहरूमा नै राख्न सकिने सरकारी भवनहरू समेत रहेका छन् ।

धनकुटामा रहेका ४ सय भन्दा बढी भूकम्प प्रतिरोधक पक्की भवनहरू अव भुतबङ्लामा परिणत हुन थालेका छन् । ५० हजार रोपनी भन्दा बढी जग्गाहरू खण्डहर भई पशुचरणमा परिणत भएका छन् । पुर्खाहरूले निरन्तर रूपमा अहिले सम्म जोगाउँदै ल्याउने भएको धनकुटाको गौरव,पहिचान र इतिहासलाई अहिलेको पुस्ताले विशेष गरी तन्नेरी साथीहरूको मेहनेत र सक्रियताले पनि जोगाउन सकिएन । अब भावी पुस्ताले समेत अहिलेको पुस्ताले धनकुटाको मान र सम्मान जोगाउन सकेनन् भनेर कलङ्क लगाउने अनि सराप्न थालेका छन् ।

संविधान सभाको पहिलो निर्वाचिनपछि २०६५ साल देखि नै धनकुटालाई राजधानी बनाउन माग गर्दै आएकोमा २०७२ सालमा संविधान घोषणा भएपछि १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउन तीव्र रूपमा निरन्तर अभियान सञ्चालन गर्दै आएको थियो धनकुटा १ नम्बर प्रदेशको राजधानी नभएपछि अब धनकुटा पुरै समाप्त भएर गएको हो । धनकुटाको चहलपहल पुरै हराएर शुन्यता छाएको छ । प्रदेश सरकार तथा सङ्घीय सरकारले धनकुटामा मेडिकल कलेज, कर, श्रमलगायत जनसम्र्पकका विभाग तथा कार्यालयहरू राख्नु अति आवाश्यक देखिएको छ । तर, अहिले सम्म प्रदेश सरकारले धनकुटालाई जीवन्तता दिने काम गरेको छैन । धनकुटालाई राज्य,सरकार र राजनैतिक दलहरूले दिन प्रतिदिन यसरी नै बेवास्ता गर्दै जाने हो भने अब धनकुटाका जग्गाहरू खण्डहर भएर गौचरणमा परिणत हुनेछन् ।बसाइँ सराइको तीव्रताले अब सरकारी भवनहरू र निजी घरहरू रित्तिंदै जादा मानिसहरूको सङ्ख्या भन्दा भूतहरूको सङ्ख्या वृद्धि हँुदै जादा भूतबङ्लामा मात्र सिमित हुन्छ ।

धनकुटाको दीर्घकालीन विकासका लागि धनकुटालाई पर्यटन,उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको ज्ञपमा विकास गर्न जरुरी भएको छ । पहिचान बोकेको धनकुटा ऐतिहासिक धनकुटालाई अव भुतबङ्ला र गौचरणमा परिणत हुन नदिन सबै एकजुट भएर लाग्नु पर्छ । धनकुटाको विकास समृद्धिका लागि सबै एकजुट भएर कृषि ,पर्यटन,उद्योग ,शिक्षा र स्वास्थ्य क्षेत्रबाट विकास गर्नु पर्छ । हाम्रै पालामा हाम्रै सक्रियतामा हाम्रै सहभागिता र हाम्रै नेतृत्वमा धनकुटालाई पुनर्जीवन दिँदै जीवन्तता प्रदान गर्नुपर्छ धनकुटालाई भुतबङ्ला र गौचरण बन्न दिनुहँुदैन ।

राणाले गौंडा,पञ्चायत र प्रजातन्त्रले विकास क्षेत्र बनाएको गणतन्त्रले पनि विकास क्षेत्रको केन्द्रको रूपमा नै स्विकार गरेको तर सङ्घीयता कार्यान्वयन गर्ने क्रममा धनकुटालाई राजनैतिक दल र प्रदेश सरकारले केन्द्र नमानी घोर अन्याय मात्र गरेनन् धनकुटाको भविष्य नै समाप्त गरिदिए । १ नम्बरको प्रदेशको राजधानी धनकुटा बन्न नसके पछि अहिले धनकुटामा पुरै चहलपहल हराएको र शुन्यता छाएको छ र मृत शहर जस्तो भएको छ । धनकुटालाई तत्काल कृषि,पर्यटन,उद्योग,शिक्षा र स्वास्थ्य क्षेत्रबाट विकास गरी जीवन्तता दिन जरुरी भएको छ । अभिभावकहरूको अनुभव र युवा तन्नेरीहरूको मेहनेत,पसिना र रगत धनकुटाको लागि आवाश्यक छ । धनकुटा पुरै सकिएको छैन अझै धनकुटाको सम्भावना छ । धनकुटालाई हामीले नै जीवित शहर बनाउनुपर्छ धनकुटालाई कसैलै आएर जीवित बनाउँदैनन् । हामी आफै धनकुटावासीले नै धनकुटालाई जीवित शहर बनाउनुपर्छ ।
[email protected]