धरान/ दक्षिण कोरियामा एकपछि अर्को कलाकाहरुको मृत्यु हुने क्रम बढेको छ । पछिल्लो समय चर्चित कलाकार चा इन हा आफ्नै घरमा मृत भेटिएका छन् ।

सोलस्थित उनको घरमा मृत्यु भएको प्रेश विज्ञप्तिमार्फत् जनाइएको छ । उनको मृत्युको कारणबारे कुनै अनुमान नर्गन परिवारले आग्रह गरेको छ । उनले हालै टेलिभिजन शृङ्खला ‘लभ विथ फ्लज’ मा अभिनय गर्न थालेका थिए ।

दुई महिनाको अवधिमा मृत्यु हुने उनी तेस्रा दक्षिण कोरियाली कलाकार मानिन्छन् । मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको ‘सप्र्राइज यू’ अभिनय समूहका सदस्य थिए । सन् २०१७ मा सार्वजनिक भएको ‘यू, डीप इन्साइड अफ मी’ उनको पहिलो नामक चलचित्र हो ।

परिवारको इच्छाअनुसार अन्तिम संस्कार गरिएको छ । दक्षिण कोरियामा कलाकारहरूको मृत्युबारे बारम्बार चर्चा हुने गरेको छ । के–पप भनिने कोरियाली पपका चर्चित कलाकार सुल्ली अक्टोबर महिनामा र गू हारा नोभेम्बरमा आफ्नो घरमा मृतावस्थामा भेटिएका थिए ।