ब्लाष्टखबर । भारतकाे हैदरावामा २६ वर्षीय युवतीलाई बलात्कार पछि हत्या गर्ने ४ जनालाई भारतीय प्रहरीले इन्‌काउन्टर गरेकाे छ ।

गतसाता एक २६ वर्षीय महिला पशु चिकित्सकलाई बलात्कार गरी हत्या गरेर जलाउने  मोहम्मद अलि अलियास मोहम्मद अरिफ,जोलु शिवा,जोलु नविन कुमार र चिन्ताकुन्ता चिना केशुभुलालाई इन्‌काउन्टर गरे मारेको छ ।

उनिहरूलाई हत्या कसरी गरेका भन्ने साेधपुछकालागी अाज बिहान घटनास्थल लगीएकाे थियाे । घटनास्थलमा पुगे लगत्तै अभियुक्तहरुले प्रहरीको बन्दुक खोसेर भाग्न खोजपछि उनीहरुलाई गोली प्रहार गरिएको तेलगू प्रहरीले जनाएको छ।