ब्लाष्टखबर । आफ्नै अनुयायीलाई बलात्कारकाे प्रयास गरेकाे आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यस अघि अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रबार (आज) जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

विराटनगरस्थित विराट नर्सिङ होममा हृदय घातकाे उपचार गराइ रहेकाे गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले नर्सिङ होमबाटै  पक्राउ गरेको थियो ।

उनलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको दिए संगै पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। 

उन माथी गत कार्तिक ४ गते आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।