आजको राशिफल श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर २१ गते शनिबार, ०७ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको एकादशी तिथि २३ः१७ बजेसम्म, अहोरात्र उप्रान्त
एकादशी, नक्षत्र रेवती २२ः५६ बजेसम्म, उप्रान्त अश्विनी । चन्द्रमाराशि मीन, सूर्योदय ६ः४२ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । दिनको उत्तराद्र्धतिर शुभ छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित रमाइलो भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सेवामूलक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जग्गा–जमिन तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
समय उत्तमखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बाधा उत्पन्न होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जग्गा–जमिन तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारू हुनेछन् । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रका काममा सफलता मिल्ला । लाभदायी यात्रा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला ।रमाइलो वातावरणमा दिन बित्ला ।