पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अवकासप्राप्त २ जना स्वास्थ्य स्वयम्सेविकालाई नगद उपहार सहित सम्मानित गरेको छ ।
१६ औं महिला स्वास्थ्य स्वयम्सेविका दिवसका अवसरमा बिहीबार नगरपालिकामा आयोजित कार्यक्रममा ६० वर्ष उमेर पुगेकी वडानम्बर ३ की लालकुमारी तिम्सिना र रेणुका काफ्लेलाई जनही १ लाख १५ हजार रुपैयाँसहित सम्मान–पत्रले सम्मानित गरिएको हो । नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोलाले नगदसहित सम्मानित गरे ।

नगरपालिका कार्यालयको तर्फबाट ५० हजार, नेपाल सरकारबाट २० हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट २० हजार, जिल्ला स्वास्थ्य स्वयम्सेविका सङ्घबाट २० हजार र नगर स्वास्थ्य स्वयम्सेविका समूहबाट प्राप्त ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । महिला स्वयम्सेविकाहरूबीच स्वास्थ्यसम्बन्धी हाजिरीजवाफ र म्युजिकल चियर्स प्रतियोगितासमेत सम्पन्न भएको छ ।