ब्लाष्टखबर । बलिउड अभिनेत्री प्रियङ्का चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन् । हालै एक अन्तरवार्तामा प्रियङ्काले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन् ।
अन्तरवार्ताको क्रममा प्रियङ्काले आफू खानाको ज्यादै सौखिन भएको बताएकी छन् । प्रियङ्काको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ ।
जब प्रियङ्का नयाँ देशमा जान्छिन्, तब सबैभन्दा पहिले उनी मन परेको खाना खाने राम्रो रेष्टुरेण्टमा जान्छिन् । यसको प्रभाव धेरै पटक उनको शरीरमा देखापरेको छ । प्रियङ्काले आफू फिट रहनको लागि हप्तामा कम्तिमा ३ दिन बिहान उठेर वर्कआउटको प्रयास गर्ने बताइन् ।

उनले आफू कहिल्यै स्पिकिङ र कार्डियो गर्न नभुल्ने बताइन् । प्रियङ्का बिहान ब्रेकफास्टमा अण्डा र टोष्टको साथ अम्लेट वा एवोकाडो लिन्छिन् । उनी इण्डियामा रहँदा सबैभन्दा धेरै पराठा खान्छिन् । प्रियङ्का आफूलाई घरको खाना धेरै मन पर्ने बताउँछिन् । जब उनी इण्डियामा हुन्छिन्, तब लञ्चमा घरकै खाना खाने प्रयास गर्छिन् । किनकि अमेरिकामा उनलाई घरको खाना मिल्छ तर त्यो सधैँ डब्बामा मात्र आउँछ । जुन ताजा हुँदैन ।

प्रियङ्काले बताएअनुसार उनलाई साउथ इण्डियन खाना धेरै मनपर्छ । डोसा, फिस करी, दही राइस । यसका साथै उनी पानी पनि धेरै पिउने गर्छिन् । प्रियङ्का आजकाल नाचनी रोटी खाइरहेकी छन् । किनकि यो निकै स्वास्थ्यवद्र्धक र रुचीकर पनि छ । यसका साथ उनी भिण्डी, दाल, आलु, कोपीलगायतका सब्जी खान्छिन् । खानाको साथ प्रियङ्का सधैँ दही, सलाद र अचार नछुटाई खान्छिन् । डिनरमा प्रियङ्का शुरुवातमा सधैँ सुप पिउँछिन् ।