इटहरी प्रदेश एकको राजधानी दावी गर्ने इटहरी समसाँझै बन्द हुन्छ । सर्वसाधारणले असुविधा भएको गूनासो गरिरहदा इटहरी उपमहानगरपालिकाले भने पूर्वमै नुमना रात्रीकालीन बजार सञ्चालन गर्ने २ बर्ष अगाडीको अभियान अहिले पनि सुरु र्गा सफल भएको छैन ।
आर्थिक बर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम एवं बजेटमा समेत रात्रीकालिन बजार सञ्चालन गर्ने विषय उल्लेख गरेको छ । इटहरीका किराना, औषधी पसललगायतका अत्यावश्यक पसलहरु रात्री ८ बजे नै बन्द हुदा सर्वसाधारणले सुविधा पाउन सकेका छैनन । तर लामो समयदेखि बजार नलाग्दा अहिले सर्वसाधारण चिन्तित बनेका छन । इटहरी आईतबारेकी सब्जी ब्यापारी रमिला खड्काले लामो समयदेखि बजार लाग्ने भन्ने मात्र सुनेको तर नलागेको बताइन ।
बजार सञ्चालन गरिने भएपछि स्थानिय टोलबासीहरु उत्साहित भएका थिए । पर्यटकहरुलाई आर्कषण गर्ने रात्रिकालिन बजार लाग्नु उचित हुुने होटल ब्यवसायी संघ इटहरीका उपाध्यक्ष तेजबहादुर पुरीले बताए । पुरीले भने –‘शहरको स्तरोन्नतीका लागि राम्रो ब्यवस्थापन गर्नुको विकल्प छैन् । इटहरी साँझमै बन्द हुदा इटहरी आउँने पर्यकटहरु समस्यामा पर्ने गरेको उनको बुझाई छ । रातको समयमा हिडडुल गर्ने र टाईम पास गर्ने स्थानहरुको समेत आवश्यक रहेको उनी बताउँछन ।
इटहरी नगरसभाले शहरको मुख्य क्षेत्रको रूपमा इटहरी चोकको सौन्दर्य बढाउन नमुना रात्री बजार लगाउने भन्दै ४० लाख रुपैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख लक्ष्मी गौतमले सुरक्षा निकायसँग पनि आवश्यक समन्वय गरी बजार निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको घोषणा गरेकी थिइन् । सो रात्री बजारको बारेमा थप प्रगति कस्तो रह्यो भन्ने बारेमा नगरपालिकाले हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन ।
उता, उद्योग वाणिज्य सङ्घको नेतृत्व लिने क्रममा चुनावी घोषणापत्रमै इटहरीलाई कहिल्यै नसुत्ने शहर बनाइने वाचा गरिएको थियो । तर, निर्वाचनपछि सेलाएको रात्रिकालीन बजारको विषयले अहिलेसम्म पनि थप चर्चा पाएको छैन । इटहरीमा दिउँसो लाग्ने बजार पनि व्यवस्थित छैन । दिउँसो लाग्ने बजारमै सडक अतिक्रमण हुने गरेको छ । उपभोक्ता हितको हिसाबले पनि रात्रिकालीन बजार लगाउनु सकारात्मक हो इटहरीका होटल ब्यवसायी तथा पर्यटनकर्मी सुनिल भुषाल बताउछन् । बजार लाग्ने विषयलाई गम्भिरता पूर्वक लिनु पर्ने उनको भनाइ छ ।
यहि अवस्थालाई मध्यनगर गर्दै उपमहानगरपालिकाले परिक्षणको रुपमा रात्रीकालिन बजार सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि उपमहानगरपालिकाले इटहरीको आइतबारेदेखी टेलिकमसम्मको बाटोमा सोलार लाईट, सिसिटिभी क्यामेर जडान गर्ने देखि लिएर शौचालय र प्रहरी बिट राख्ने काम सकिएको रात्रिकालीन बजार व्यवस्थापन समितिका संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।
बजार सञ्चालन भए सरह भईसकेको रात्रिकालिन बजार समितिका संयोजक भट्टराईले बताए । उनले भने–‘अहिले सिसि क्यामरा, घरमा एकै कलरको रंगलगाई सकेको बताए । अशोककाके बोटमा झिलीमिली बनाउँदै छौ ब्यापारीहरुलाई आह्वान गर्ने ब्यापारीहरुको नेताहरु सँग बसेर बैठक राखेर काम अगाडी बढाउन तयारी भईरहेको छ भट्टराईले बताए ।