श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर २४ गते मङ्गलबार, १० डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको त्रयोदशी तिथि १०ः१६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र कृतिका ३०ः३३ बजेसम्म, उप्रान्त रोहिणी चन्द्रमाराशि मेष, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । परिवारमा खुशीयाली छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ला । रमाइलो यात्रामा सरिक भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । भाग्यले विभिन्न अवसर जुराउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका अधुरा कामकाजहरू सुचारु हुनेछन् । आफ्नो कार्य क्षेत्रमा प्रमुख जमाउन सकिएला । काम गर्ने जा“गर बढ्नेछ ।