धरान  / ७१ औ अन्तर्राष्ट्रिय मानब अधिकार दिवस तथा ‘समानताको पुस्ताः बलात्कार बिरुद्ध ऐक्यबद्धता’ भन्ने मुख्य सवालमा केन्द्रीत भएर आज इनरुवामा लैंगिकतामा आधारित हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत बालविवहा विरुद्धघ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
३ न वार्डका वडा अधक्ष कालुराम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागरिक संस्था सुनसरीका संयोजक मेघराज न्यौपाने, सुधा तिम्सिनालगायतले बोलेका थिए ।
नारी साझा मञ्च इनरुवाको आयोजनामा भएको कार्यक्रममा २ सय जनाको उपस्थिति रहेको मञ्चकी अध्यक्ष सरिता घिमिरेले जानकारी दिइन ।