आजको राशिफल श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर २५ गते बुधबार, ११ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको चतुर्दशी तिथि १०ः५४ बजेसम्म, उप्रान्त औंसी, क्षत्र
रोहिणी अहोरात्र, उप्रान्त पनि रोहिणी । चन्द्रमाराशि वृष, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमणीय र सुखद् यात्राको योग छ । विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय मध्यम्खालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुने योग परेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । शुभसमाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आउला । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्राको अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा खासै मन नजाला । शरीरमा आलश्य छाउला । अशुभ समाचर सुन्नमा आइएला ।