मधुमल्ला / मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल)ले सामुदायिक वनहरूले दोहोरो कर तिर्नु नपर्ने बताएका छन् ।
मङ्गलबार मिक्लाजुङ–७ को मावानुनसरी सामुदायिक वन उपभोक्ता समूहको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै साम्बाले सरकारले सामुदायिक वनहरूलाई करको दायरा बढाएको र करको दर तीन गुणाभन्दा बढी वृद्धि गरेको भन्दै सामुदायिक वन उपभोेक्ता महासङ्घले आन्दोलन गरिरहेको प्रसङ्ग जोड्दै आफू प्रदेश सरकार प्रतिनिधिको भएको हिसाबले दोहोरो कर तिर्नु नपर्ने र यदि त्यस्तो अवस्था आए प्रदेश सरकारमा आफूले सशक्त आवाज उठाउने साम्बाले बताए ।

साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै सामदायिक वन उपभोक्ता महासङ्घ मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राईले सरकारले सामुदायिक वनहरूमाथि अनावश्यक करको दायरा बढाएको भन्दै त्यसको चर्को विरोध गरे । सरकारले साझेदारी वन र वैज्ञानिक वन व्यवस्थापनको नाममा मोरङ जिल्लामा वार्षिक रूपमा ४२ हेक्टर वन फँडानी गरिरहेकाले यो व्यवहारिक नभएको राईले जिकिर गरे ।

मावानुनसरी सामुदायिक वनले विपन्न लक्षित, स्वरोजगार उन्मुख, पर्यापर्यटन प्रवद्र्धन, जडीबुटी खेती र नश्ल सुधारलगायतका विविध कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्र्दै आएको छ ।
साधारणसभा कार्यक्रमलाई मिक्लाजुङका राजनैतिक दलका प्रतिनिधिहरू, छिमेकी सामुदायिक वनका प्रतिनिधिहरू, सल्लाहकार समितिहरू, मिक्लाजुङ वडा नं. ७ का वडाध्यक्ष सुशीलराज चौहान र गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यलगायतले मन्तव्य रोखका थिए ।