भाेजपुर / अज्ञात समुहले जिल्लाको दुईवटा वडा कार्यालयमा गएराती आगजानी गरेका छन् । जिल्लाको रामप्रसाद राई गाउँपालिका २ धोद्लेखानी र पांैवादुम्मा गाउँपालिका ३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजानी गरिएको हो । आगजानीबाट च्याङ्ग्रेमा रहेको वडा कार्यालयमा रहेका कागजपत्र , फर्निचरलगायत सामाग्री जलेर नष्ट भएको गाउँपालिका प्रमुख किरण राईले बताए । वडा कार्यालयको ढोका ह्याक्सोले काटेर मटितेल छर्केर आगजानी गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन ।
यता रामप्रसाद राई गाउँपालिका २ को वडा कार्यालय पुर्णरुपमा जलेर ध्वस्त भएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । घटनाको जानकारी पाउन साथ घटना स्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको विस्तृत विवरण आउन वाँकी छ । यस अघि पनि अज्ञात समुहले टेम्के मैयु गाउपालिकाको वडा कार्यालयमा आगजानी गरेका थिए । आगजनी कस्ले गरेको भन्ने खुलेको छैन् ।