ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीकी एक युवती ९ दिन देखि वेपत्ता भएकी छिन् । गत मसिंर १७ गते बेलुका घरवाट हिंडेकी छोरी सम्पर्कमा नआएपछि परिवार चिन्तामा परेका छन् । फेसबुकको म्यासेञ्जरमा दिदीस“ग बेलाबेला म्यासेज गर्ने तर बोल्न आग्रह गर्दा नमान्ने भएपछि परिवारले खोजिका लागि प्रहरी कार्यालयमा निबेदन समेत दिएका छन । फुलबारीकी मन्दिरा अधिकारी मंसिर १७ गते बेलुकादेखि हराएकी हुन । मन्दिराका काका चन्द्रप्रसाद अधिकारीका अनुसार बेलुका ६ वजे घरवाट हिंडेकी उनको फोनवाट १५ मिनेटपछि आफ्नी दिदीको फोनमा ‘मैले बिबाह गरें, मलाइ नखोज्नु’ भनेर म्यासेज आएको थियो । त्यही रात १२ वजेतिर म इवामापुगें भनेर पुन दोश्रो म्यासेज पनि आएको छ ।
झापा हल्दिवारीको दिपक पौडेलस“ग विवाह गरेको भन्दै एकजना यूवकको फोटो पनि दिदीको म्यासेञ्जरमा पठाइएको बताइएको छ । परिवारका अनुसार उनको मोबाइल अहिलेसम्म अन भएको छैन भने म्यासेज मार्फत एक पटक मात्रै भए पनि फोन गरेर कुराकानी गर्न गरिएको पटक÷पटकको आग्रह बेवास्ता गरिएको उनको परिवारले जनाएका छन् । त्यसपछि गत मसिंर २२ गते आइतवार झापाको हल्दिवारीवाट आफु दिपक पौडल रहेको भन्दै एक युवकले कल गरि मन्दिरा आफुँसँग रहेको भन्दै फोन गरेका थिए । तर जिल्ला अदालतको आदेस लिएर सो फोन नम्वरको कल डिटेल चेक गर्दा सो समयमा ताप्लेजुङवाट नै कुरा भएको देखाएको परिवारले बताए । अझ पछिल्लो पटक सोमवार म इण्डियामा छु भनेर म्यासेज आएपछि छोरी बेचिएकी पो हुन्की भनेर चिन्तामा परेका परिवारले ताप्लेजुङ र का“करभिट्टा प्रहरीलाई खोजिका लागि आग्रह गरेका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले अनुसन्धान सुरु गरिसकेको वताए । ‘भारत बिक्रि गर्नपो लगियो की भनेर का“करभिट्टा प्रहरीस“ग पनि समन्वय गर्यौ,’ फुयालले भने,‘घटनालाई गम्भिरताका साथ लिएका छौं ।’ मंसिर १७ गते नै हाङपाङका एक युवकलाइ पनि एउटा समुहले बन्धक बनाएको थियो । इण्डियामा छु भन्ने म्यासेज आए पछि चिन्तामा परेको परिवारले बेचिएको पो होकि भन्ने आसंका पनि गरेको छ ।