ब्लाष्टखबर । बलात्कारकाे आरोपमा सप्तरी जिल्लाकाे शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले गरेकाे छ ।

एक स्थानीय महिलालाई बालत्कार गरेको आरोपमा वडाध्यक्ष लक्ष्मी साहलाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । महिलाले आफूलाई जबजस्ती करणीको प्रयास गरेको भन्दै दिएकाे उजुरीका आधारमा पक्राउ  गरीएकाे कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार बुधबार बिहान साहलाई प्रहरी पक्राउ गरेकाे हाे ।  घटनाको आवश्यक अनुसन्धान कार्य भैरहेको तथा पक्राउ परेका वडाध्यक्षलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको कार्यालयले जनाएकाे छ ।