धरान, सुनसरी । सधै र्झै यस वर्ष पनि सुनसरीका लिम्बु समुदायले आफनो जातिय पर्व विभिन्न कार्यक्रम गरेर मनाउदै छन । बुधबारदेखि शनिबारसम्म चार दिने चासोक तङ्गनाम मनाउने भएका छन ।

किरात याक्थुङ्ग चुम्लुङ्ग उपमहानगरपालिका समितिको आयोजनामा हुने उक्त कार्यक्रममा लिम्बु जातिको मौलिक तङ्गसिङ्ग सामुहिक चासोक पुजा,धरानको बिजयपुर रहेको हाङ्गयुक्ना दरबारमा सरसफाई ,त्येअङसी सिरिजगाको ११५ औ जन्मजन्ती, लिम्बु जातिका मौलिक खेलकुद विभिन्न जातजातिका झाकी प्रर्दशनी गरेर चारै दिन विभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

लिम्बु समुदायकाे बिशेष पर्व भएकोले लिम्बुहरुले समुहिक रुपमा जम्मा भएर आफ्नो भवन किराँत याक्थुङ्ग चुम्लुङ्गको चुम्लुङ्ग हिम धरानमा मनाउदै छन ।