धरान / स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफु पनि एक रुपैया नखाने र पैसा खानेहरुकुनै हालतमा नछाड्ने बताएका छन् ।
उनले स्वास्थ्य संस्था एउटा पवित्र मन्दिर भएकाले राजनीतिक फोहोरी खेल हुन नहुने बताए । स्वास्थ्य संस्थामा हुने यस्ता फोहोरी खेल हटाउने आफुले अगुवाई गर्न यस मन्त्रालयको जिम्मा सरकारको नेतृत्वले दिएको बताए ।
स्वास्थ्य मन्त्री भए पछि पहिलो पटक बुधबार साँझ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका मन्त्री ढकालले आफ्नो राजनीति कुनै पैसा कमाउने उद्देश्यका लागि नभएकाले राजनीतिक गरेर र कमिसनमा स्वास्थ्य संस्थालाई धारासायी बनाउनेलाई नछाड्ने चेतावनी दिए ।
प्रतिष्ठानको समस्या र यहाँ भएका अनियमितताबारे आफुले जानकारी लिएको बताउदैं अव यस्ता समस्या हल गर्ने आफ्नो जिम्मेवारी भएको बताए । ‘वीपी प्रतिष्ठानको भ्रष्टाचार न्यूनिकरण मेरो पहिलो प्राथमिकता हुने छ ।’–मन्त्री ढकालले भने– संघीय सरकार मात्र दोषी भएर प्रतिष्ठान विग्रिएको हो वा यहाँको नेतृत्व भ्रष्ट भएर विग्रिएको हो त्यो बुझन जरुरी छ ।’
उनले अन्य स्वास्थ्य प्रतिष्ठानको उदाहरण दिदैं वीपी प्रतिष्ठानबाट अध्ययन गर्न तथा विभिन्न सेमिनार र भ्रमणमा हुन बाधेर विदेश जाने चिकित्सकहरुलाई पनि सुझाएका छन् । २४ सै. घण्टा जनताको सेव ागर्ने चिकित्सकलाई राज्यले उचि मूल्याङ्कन गर्ने बताए । तर हुल बाधेर विदेश डाक्टर गए पछि रोगले छट्पटाएका विमारी पनि ती चिकित्सक आउजेलसम्म रोग पालेर बस्नु पर्ने अवस्था आउन नहुने बताए । प्रक्रिया र पालो मिलाएर विदेश जाने घुम्ने गर्नु पर्ने उनको सुझाव थियो । उनले प्रतिष्ठानमा महिनामा १५ दिनजती विदेश नै घुम्ने डाक्टरहरुलाई जनताको सेवा गर्न निर्देशन दिएका छन् । यस्तो विकृती रोक्न नेतृत्वलाई सुझाव समेत दिए ।
उनले स्वास्थ्य संस्थामा नेतृत्वमा आए पछि अनावश्यक कर्मचारी नियुक्ति गर्ने र संस्थालाई धारासायी बनाउने काम पनि रोक्न भनेका छन । संस्था चलाउन नेतृत्व ठिक हुनु पर्ने बताउदैं सही नेतृत्व गरेर प्रतिष्ठानलाई सम्वृद्ध बनाउ सबैसँग आग्रह गरे ।
चिकित्सक, कर्मचारी, विभागीय प्रमुख र पदाधिकारीहरुसँगको भेटघाटमा प्रतिष्ठानका कार्यबहाक उपकुलपतिले हालसम्म प्रतिष्ठानले गरेको उपलब्दी समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए । छलफलमा प्रतिष्ठानका प्रवक्ता तथा हाडजोर्नी विभागीय प्रमुख प्राडा पशुपति चौधरीले वीपी प्रतिष्ठानलाई राज्यले कस्तो संस्थाको रुपमा लिएको छ त्यसको प्रष्ट अवधारणा दिन मन्त्रीलाई सुझाएका थिए । डा. पारस पोखरेलले विज्ञान प्रतिष्ठान र सरकारका स्वास्थ्य संस्थाहरुको मापदण्ड स्पष्ट बनाउन सुझाएका थिए ।
मन्त्री ढकालले चिकित्सकहरुले उठाएको विषयमा गम्भीर भएको बताउदैं यहाँ रोकिएको भवन निर्माण तथा यहाँ भएका पूर्वाधार समस्यामा सरकार गम्भीर भएको बताउदै. चाढै समाधान गर्ने बताए ।