उदयपुर/ उदयपुर र सुनसरीको सिमाना सप्तकोशी किनारबाट ठूलो परिणाममा लागु औषध सशस्त्र प्रहरीले बरामद गरेको छ । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज सोसार पसार हुदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प रामपुरबाट खेटेका प्रहरी टोलीले मंगलबार दिउँसो १ः१० बजे एक सय १२ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पहाडी भेगबाट सेतो प्लाष्टिक भित्र कुनै गन्ध र बाहिरी कुराले क्षती नपुर्याउने गरी सुरक्षीत बनाई अवैध लागु औषधको अ‍ोसार पासार गर्ने क्रममा प्रहरीले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा ओसार पासारमा संलग्न व्यक्तिहरु प्रहरीलाई देखेपछि गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरुलाई खोजतलास भईरहेको छ भने बरामद गरिएको गाँजा कानुनी प्रक्रिया पुरा गरी ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको प्रहरीले जनाएको छ ।