ब्लाष्टखबर । धनुषामा बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य चारजना घाइते भएका छन् ।

धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक रहेको राजेश साहको घरमा मध्यराती विष्फोट हुदा ४५ वर्षीय साह र छोरा अन्दाजी २५ वर्षीय आनन्द साहको मृत्यु भएको छ । विष्फोटमा साहका अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको छ ।

साहको घर बहिर पोलमा शंकास्पद वस्तु रहेको जनाकारी पाएको प्रहरी निरीक्ष अमिर कुमार दाहाल नेतृत्वको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट टोली भिड हटाउदै गर्दा विष्फोट भएको बताएको छ । जसका कारण प्रहरी निरीक्षक दहाल र जवान महतोको सरीमा बमको छर्रा लागेको छ ।

विष्फोटको कस्ले गरायो भन्ने यकीन भइसकेको छैन । साह ब्याजमा पैसा लगानी गर्ने भएकाले मिटरब्याजी भएको भन्दै विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने अनुमान छ । साहले आफ्नै घरमा औषधी व्यावसाय पनि संचालन गर्दै आएको बताईएको छ ।

 

ghaite ghaite2