धरान  / लागु औषध ओसारपरासमा संलग्न तीन जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
ंपक्राउ पर्नेमा इटहरी–२० तराहराका २१ बर्षीय बाबु बुढाथोकी, निरज राइ, धरान–११ का ३२ बर्षीय मणीकुमार लिम्बु, धरान–१५ को २३ बर्षीय २३ बर्षीय सुमन परियार, बराहक्षेत्र–३ का विष्णुकुमार लिम्बु रहेका छन् ।
बुडाथोकीको साथबाट २ केजी गाँजासहित विष्णुपादुकाबाट पक्राउ गरिएको थियो । र अन्यको साथबाट डाईजेल्याब, एम्पुल, लुपिजेसि, एम्पुल, एभिल, एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरुलाई धरान–८ स्थित तीनकुने नाकाबाट पक्राउ गरिएको हो ।